Samajbadi Party

समाजवादी पार्टीको खोटाङ अध्यक्षमा फेरी टंक थापा

राजनीति

संगीता राई, खोटाङ १६ भदौ ।

समाजवादी पार्टीको जिल्ला समायोजन सम्पन्न भएको छ । पार्टीले केन्द्रीय समिति एकीकरण भएको केही समयपछि जिल्लामा समाजवादीको समायोजन गर्न जिल्लामा केशव कार्कीको संयोजकत्वमा वार्ता तथा संवाद समिति गठन गरेर समायोजनको प्रकृया शुरु गरेको थियो ।

तत्कालिन संघीय समाजवादी र नयाँ शक्तीका नेता तथा कार्यकर्तालाई मिलाएर टंकबहादुर थापाको अध्यक्षतामा समाजवादीको १५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । १३ सदस्यीय पदाधिकारी रहेको समितिको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, वशन्ती राई र नविनकिशोर राई, सचिवमा जीवराज पोखरेल र देवकुमार राई, सह–सचिवमा टिकाराम राई, बिरेन्द्रकुमार दर्नाल र आशिष राई, कोषाध्यक्षमा सावित्री राई र रुपा उदास चयन भएका छन् ।

शुभद्रा मदन फाउण्डेसनको सभाहलमा समाजवादीका केन्द्रिय सदस्य एबं कृषि तथा भू–व्यवस्थापन विभाग प्रमुख मदन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजवादीका केन्द्रिय सदस्य भुराज राई, उमेश थापा, रमेश राई, देवराज राई, सनबहादुर राई, डा. केके राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समाजवादीका समायोजन समितिका संयोजक केशव कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लाका स्थानीय तहमा संगठन विस्तार गरेपछि जिल्ला समिति समायोजन गरिएको समाजवादीले जनाएको छ । समाजवादी पार्टीले आईतबार दिक्तेलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिल्ला समितिको पदाधिकारी तथा सदस्यको नामावली सार्वजनिक गरेको छ । समायोजनसँगै केशवराज कार्कीको संयोजकत्वमा अनुगमन तथा वार्ता संवाद समिति, मणी राईको संयोजकत्वमा जनवर्गीय तथा पेशागत संगठन समायोजन जिल्ला स्तरिय कार्यदल गठन गरिएको अध्यक्ष थापाले जानकारी दिए । यस्तै, जिल्लाका १० वटै स्थानीय तह र ७९ वडामा वडा समिति गठन, पुःर्नगठनका लागि संयोजक तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा राप्रपाका नेता सिताराम राई, नेकपाका नेता अशिष राई, प्रवचन राई लगायतका नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् ।

Facebook Comments

Leave a Reply