जो जहिल्यै हार्न चाहन्थे ! हारे ।

२९ असोज, काठमाडौ ।
नेपाली टोलीले दर्जन गोल खादासम्म कुनै परवाह भएन खेलाडीहरुलाई । अनुहारमा अझै जीत छ । निरशता देखिन्न । जीत गरे उनीहरुले ।
देशले हारेको थियो । उनीहरुको जीत । वाह् !

तस्वीर गोल नेपालवाट
तस्वीर गोल नेपालवाट

हिजोका हार र अघिल्ला वाटोकावारे वहश गरिएन । त्यो ठिकै थियो । गोल खानुमा गर्व छ तिनीहरुलाई ।
गोल हान्न नेपाली खेलाडिहरुले जानेनन् कहिल्यै । किन ? फुटवल प्रेमी नेपालीहरु गोलको खडेरीमा खेलाडीहरुलाई गाली गरिरहेका हुन्थे । आफना असन्तुष्टिलाई थामथुम बनाउथे आफैभित्र । निचोड गर्थे – स्तर उकासिएको छैन । अनि पुग्थे अन्तराष्ट्रिय विमानस्थल तिनै टिमलाई स्वागत गर्न ।
तर हरेक म्याच हेरिरहेका दर्शकहरु आफैलाई धिक्कारीरहेका छन् सायद यतिवेला । झस्केका छन् । तिनीहरु हार्नको लागि वाजी मार्थे । अर्थात खेल अगावै हार्थे । अहो !
म्याच फिक्सिङमा प्रशिक्षक र कप्तानसहित पक्राउ
राष्ट्रिय लिगको उपाधि थप रोमाञ्चक बन्दै गर्दा नेपाली फुटबल समर्थकलाई स्तब्ध बनायो । राष्ट्रिय टोलीका कप्तानसहितलाई प्रहरीले प्रहरीले पक्राउ गरे ।

पक्राउ परेका प्रहिक्षक तथा खेलाडीहरु सार्वजनिक गर्दै प्रहरी
पक्राउ परेका प्रहिक्षक तथा खेलाडीहरु सार्वजनिक गर्दै प्रहरी

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनिहरुलाई प्रहरीले विभिन्न स्थानवाट नियन्त्रणमा लिएको थियो ।
फिलिपिन्समा खुलासा
खेल मिलेमतोको आरोपमा नेपाल प्रहरीले अहिले पाँच खेलाडीलाई पक्राउ गरेको छ । सन् २०११ मा फिलिपिन्ससँगको मैत्रिपूर्ण खेललगत्तै  नेपाली राष्ट्रिय टिमका खेलाडीले अन्तर्रा्ष्ट्रिय खेलका क्रममा बेइमानी गरेका छन भन्ने समाचार सार्वजनिक भएको थियो । खेल मिलेमतोमा भैरहेको सूचना प्रशिक्षक ग्राहम रोबटर््सले एन्फा अध्यक्षलाई तत्काल जानकारी गराएका थिए । जहाँ   खेल हेर्न अध्यक्ष गणेश थापा स्वयम् उपस्थित थिए । तर त्यो समय एन्फा पदाधिकारी र खेलाडीले खेलमिलोमतोका बारेमा उपयुक्त समयमा वाहिर कुरा गर्ने सहमति गरे ।

नेपाली खेलमा म्याच फिक्सिङका इतिहास
घरेलु फुटबलमा उपाधि र रेलिगेशन समिकरणका लागि खेल छोडिदिने चलन छ । अहिलेसम्मको चर्चित खेल मिलोमतोमा अन्नपूर्ण क्लब र रानीपोखरी क्लब लाई लिने गरिन्छ । यी दुई क्लवको खेलमा १०१ गोल भएको थियो चार दशक अघि ।
तर २०४६ साल यताको फुटबललाई आधुनिक भन्ने गरिन्छ । यही समयमा नै नेपालमा खेल मिलेमतो झनै मौलायो ।
घरेलु फुटबलमा खेल मिलोमतो चरमोत्कर्षमा पुगेको २०६६ सालको शहिद स्मारक ए डिभिजन लिग हो । २०६६ सालमा क्लबका प्रशिक्षक र खेलाडीले एक अर्कोलाई दोषारोपण गर्दै टेलिभिजन क्यामरामा खेल मिलोमतोबारे बोलेका थिए।
प्रतिखेल एक करोडसम्म
खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित अन्य चार खेलाडीले आफूहरूमाथि लागेको आरोप स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

अपराध महाशाखा प्रमूख एसएसपी खनाल कार्यलयमा
अपराध महाशाखा प्रमूख एसएसपी खनाल कार्यलयमा

सोधुपुछ र आवश्यक अनुसन्धान गर्दा उनीहरूले गल्ती गरेको भन्दै पश्चाताप भइरहेको बताएको खनालले जानकारी दिए ।
उनीहरूले सन् २००८ देखि २०१५ सम्मका ८ वटा खेलमा मिलेमतो गरेको र प्रतिखेल एक करोड रुपैयाँसम्म लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फिक्सिङको इतिहास

१.सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्ने सर्तमा प्रतिखेलाडीले ५ हजार अमेरिकी डलर वाँडेको ।
२.सन् २००९ को साफ च्याम्पियनसीपमा जम्मा तीन हजार ६१ अमेरिकी डलर लिई दामासाहीले बाँडेको
३.सन् २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रतिखेलाडी पाँच हजार अमेरिकी डलर लिएको अनुसन्धानका क्रममा खुलेको खुल्न आएको जनाएको छ ।
४.सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा प्रति खेलाडी ५ हजार डलर ।
५.सन् २०१२ मा भारतमा भएको नेहरू कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी ५ हजार डलर लिने गरी सर्त भएकोमा खेलको अन्ततिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।
फिक्सिङको जालो
खेल मिलेमतो गरेवापत सिङ्गापुरका नागरिक टिटानी पेरियासामी र केशभन पत्तनसमेतका एजेन्टबाट अन्जन के.सी. र रितेश थापाले विभिन्न देशहरूबाट मनी ट्रान्सफरमार्फत रकम लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ ।
अभिययुक्तउपर राजद्रोह र सङ्गठित अपराध मुद्धा
प्रहरीका अनुसार हिरासतमा रहेका फुटबलका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षकलाई राष्ट्रियता दाउपेज गरेर मुलुकलाई हरूवा बनाउनेविरुद्ध राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइनेछ ।

राज्य विरुद्धको अपराध र सजाय ऐन ऐन
राज्य विरुद्धको अपराध र सजाय ऐन ऐन

घटस्थापना देखि अदालत बन्द भएकाले उनीहरूविरुद्ध दशैं बिदा सकिएलगत्तै मुद्दा दायर गरिनेछ ।
उनीहरूलाई राज्यविरुद्धको अपराधको दफा ३ को उपदफा ३.३ मा रहेको प्रावधानअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो ।
सो दफामा ‘कसैले नेपालको सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा सङ्गठित शक्तिसँग मिली कुनै प्रकारको षड्यन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद’ हुने कानुनी व्यवस्था रहेको उल्लेख छ ।
फिक्सिङमा खेलाडी र पदाधिकारी छानबिनमा
घरेलु फुटबलमा म्याच फिक्सिङ नयाँ  घटना भने होइन । तर हरेक समर्थकलाई स्तब्ध बनाउने गरी वाहिर आएको अन्तराष्ट्रिय म्याच फिक्सिङको घटनाले भने आक्रोश बढाएको छ  दर्शकमात्र नभएर आम नागरिकलाई ।
प्रशिक्षकले उठाएको आशंकालाई वाहिर कुरा गर्ने सहमति भए पनि पदाधिकारीहरुले गुपचुप राखे । जुन संकास्पद देखिन्छ ।
फिक्सिङको सेटिङ्ग मिलाउने काम राष्ट्रिय टिमका पूर्व खेलाडी तथा थ्रीस्टारका पूर्व प्रशिक्षक अञ्जन केसीबाट भएको नेपाल प्रहरीको अनुसन्धानवाट खुले्को छ ।
एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले दिएको एक लाख अमेरिकी डलर काण्डपछि एएफसीको सुविधा सम्पन्न जागिर छोडेर नेपाल फर्केका थिए एन्फा अध्यक्ष गणेश थापाका जेठा छोरा गौरव थापा । उलने अञ्जनसहितको लगानीमा ललितपुरमा रेष्टुरेन्ट व्यवसाय शुरु गरेका थिए।
गौरवले नेपाली राष्ट्रिय टिमका लागि विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल मिलाउने अघोषित एजेन्टको रुपमा काम गर्दै आएका थिए । मैत्रीपूर्ण खेल खेले वापत खेल्ने देश र त्यसको व्यवस्थापन गर्ने एजेन्टले निश्चित कमिसन पाउने प्रचलन छ ।
प्रहरीले पक्राउ परेका खेलाडीलाई सोधपुछ गरिरहेको छ । थप प्रमाणहरु उपर अनुसन्धान गरिरहेको छ ।

पक्राउ खेलाडी एन्फाद्वारा निलम्बित
म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका पाँचै खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घले आज निलम्बन गरेको छ ।
विज्ञप्ति जारी गरी एन्फाले ‘फुटबल खेलमा मिलेमतो जस्तो सम्वेदनशील विषयको किनारा नलगाएसम्म उल्लेखित पाँच खेलाडीहरू एवम् प्रशिक्षकलाई सङ्घले कुनै पनि गतिविधिहरूमा संलग्न नगराइने उल्लेख गरेको छ ।
एन्फाले खेल मिलेमतो प्रकरण अनुसन्धान गर्न नेपाल प्रहरीलाई सबै किसिमको सहयोग उपलब्ध गराउनेसमेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) को आचारसंहिताअनुसार खेल–मिलेमतो गर्ने खेलाडी, प्रशिक्षक, म्याच अफिसियल र प्रशासकमाथि खेल मिलेमतो गरेमा वा गर्ने प्रयास गरेमा सम्बन्धित देशको फुटबल सङ्घ र प्रहरीले दोषीमाथि कारबाही गर्ने उल्लेख छ । दोषी प्रमाणित भए उनीहरूमाथि फुटबलका सबैखाले गतिविधिबाट आजीवन प्रतिबन्ध, ठूलो आर्थिक जरिवाना र जेल सजायसमेत हुन सक्छ ।

Facebook Comments

Related posts

Leave a Comment