Nachhiring

शिक्षालाई सामुदायसँग जोड्नुहोस – डा. तारामणि राई

समाचार

साउन ३२ ।
भाषाविद तथा त्रिवि उपप्राध्यपक डा. तारामणि राईले आफ्नो परिवार र समुदायलाई विर्सियो भने प्राप्त गरेको शिक्षाको कुनै अर्थ नहुने बताएका छन् ।

किरात रदु नाछिरिङ विद्यार्थी साखाम केन्द्रद्धारा काठमाडौंमा आयोजित २०७५ सालको एस इ इ परिक्षामा नाछिरिङ सामुदायबाट उत्कृष्ट अंक ल्याउनेलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा शुभकामना दिने क्रममा डा. राईले शिक्षालाई सामुदायसँग जोड्नु पर्ने बताएका हुन् । अहिले सम्म कोहि पनि नाछिरिङ सामुदायबाट भाषा विद नभएकाले भाषाविज्ञान अध्ययन प्रति चासो दिनु पर्ने सुझाव दिदै नाछिरिङ भाषाको काम गर्नको लागि नाछिरिङ समुदायबाट नै भाषा विद भए राम्रो हुने समेत बताएका छन् ।

बधाई तथा शुभकामना प्रदान कार्यक्रममा किरात राई यायोख्खाको उपाध्यक्ष गेन राई, कि.रा.या. ललितपुरका दिनेश नाछिरिङ, समाजवादी पार्टिका केन्द्रीय सदस्य पदम बहादुर नाछिरिङ, मातृ संस्था किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकल बहादुर नाछिरिङ, उपाध्यक्ष द्धय कमल कुमारी नाछिरिङ र भिमराज नाछिरिङ, पूूर्व अध्यक्ष तथा सल्लाहाकार निर नाछिरिङ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा किरात रदु नाछिरिङ विद्यार्थी साखाम केन्द्रद्धारा नाछिरिङ सामुदायबाट सरकारी तथा निजि विद्यालयबाट २०७५ को एस. इ. इ. परिक्षामा उत्कृष्ट अंक प्रप्त गर्नेलाई छुट्टा छुट्टै बर्गिकरण गरी सम्मान समेत गरेको छ ।

Facebook Comments

Leave a Reply