संविधान पढ्न मन्त्रीलाई चस्मा उपहार

एल बि मगर
खोटाङ । ‘आरक्षण बचाऔँ आन्दोलन’ का संयुक्त संघर्ष समिति खोटाङले मन्त्री लालबाबु पण्डितलाई चस्मा र संविधान उपहार पठाएको छ । नेपालको संविधान २०७२ मा उल्लेख भएको समावेशी समानुपातिक सिद्धान्तलाई बलमिचाई गरेको भन्दै संयुक्त संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत सो उपहार पठाएको हो ।
संघर्ष समितिका अगुवाहरुले ज्ञापनपत्र सहित जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारी विष्णहरी उपाध्यले शुरुमा ज्ञापनपत्र लिन आनाकानी गरेका थिए । उनले आफ्नो च्याम्बर ज्ञापनपत्र नलिने भनेपछि संघर्ष समितिका अगुवाहरुले आफ्नो मागप्रति राज्यको प्रतिनिधीले बेवास्ता गरिरहेको आरोप लगाएका थिए । पछि प्रशासन परिसरमा चस्मा र संविधान सहित ज्ञापनपत्र बुझेका प्रजिअले आफुले सोको जानकारी केन्द्रमा पठाउने बताएका थिए ।
संविधानमा भएको समावेशि सिद्धान्तलाई खाली आँखाले हेर्न नसक्ने राज्यलाई चस्मा लगाएर आदीवासी जनजाती, महिला, दलित, अपाङग, मधेसी, मुस्लिम लगायतको अधिकार खोजेर पढ्न चस्माले मद्यत गरोस भनेर उपहार पठाइएको संघर्ष समितिका संयोजक हातीराम राईले जानकारी दिए ।
दोस्रो चरणको आन्दोलनका क्रममा राज्यले विभिन्न ठाउँहरुमा धरपकड गरेको विरोध जनाउँदै खोटाङमा आगामी साउन ३२ गते भव्य जनप्रदर्शन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here