Khotang Loksewa movement

दिक्तेल बजारमा उल्टो जुलुस

समाचार

एविसि खबर
खोटाङ । ‘आरक्षण बचाऔँ आन्दोन’को दोस्रो चरणको आन्दोलन अन्र्तगत जिल्ला सदरमुकाम दिक्तेल उल्टो जुलुस निकालिएको छ । लोकसेवा आयोगले निकाले असमावेशी विज्ञापनको विरुद्ध देशव्यापी भईरहेको आन्दोलन अन्र्तगत खोटाङ जिल्लामा उल्टो जुलुस निकालिएको हो ।
दिक्तेलबजारको किरातचोकबाट बेसक्याम्प डाँडामा सम्म निकालिएको ¥यालीपछि कार्यक्रम कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाली कांग्रेसका नेता तथा पूर्व सभापति बिष्णुकुमार राईले वर्तमान सरकारले नाजायज काम गरेको बताए । उनले जुन अधिकारीप्राप्तीका लागि नेपाली जनताले लडाई लडेर उपलब्धी लिए त्यसैलाई खोसाउने काम राज्यले गरेको बताए ।
वर्तमान सरकार अधिनायकवाद तर्फ जानलागेको भन्दै वर्तमान सरकारले लोकसेवा आयोगलाई गलत काम गर्न निर्देशन दिएको र यो काम प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग बनाएर गराउन पर्नेमा यसको बाटो नै गलत भएको राईको भनाई थियो ।
दोस्रो चरणको आन्दोलन अन्र्तगत खोटाङ जिल्लामा मंगलबार ‘आरक्षण बचाऔँ आन्दोलनको आवश्यकता र औचित्य’ विषयक अन्र्तकृया कार्यक्रम भएको थियो । आन्दोलनको क्रममा आगामी शुक्रबार साँस्कृति हात हतियार सहित सांकेति झाँकी प्रदर्शनको कार्यक्रम रहेकाले सबैलाई उपस्थितीको आग्रह गर्दै आन्दोलन समितिका संयोजक हातिराम राईले कार्यक्रम स्थगन गरेका थिए ।

Facebook Comments

Leave a Reply