किरावि संघकाे सम्मेलनकाे तयारी पुरा

समाचार

खाेटाङ। २५ बैसाख। किरात राई विद्यार्थी संघकाे ऐतिहासिक राष्ट्रिय सम्मेलनकाे तयारी पूरा भएकाे छ। पहिचान र संघीय शिक्षा प्रणाली लागू गराैँ । “किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागाैँ” भन्ने मुल नाराका साथ संघले अाफ्नाे ऐतिहासिक नाैँ राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे।

किरात राई यायाेक्खाका केन्द्रीय अध्यक्ष दिवस राईकाे प्रमुख अाथित्यतामा सम्पन्न हुनलागेकाे सम्मेलनमा देशभरका करिब ५ सय भन्दा बढी किरात राई विद्यार्थीहरुका सहभागिता रहने अायाेजकले जनाएकाे छ। नेपालकाे १४ जिल्ला र उपत्यकाकाे ३ जिल्ला सहित जम्मा १७वटा जिल्ला समितिबाट क्याम्पस, मावि लगायतबाट प्रतिनिधीहरुकाे सहभागिता रहने छ। खाेटाङ जिल्लाकाे समन्वय समितिकाे शभाहलमा भएकाे पत्रकार सम्मेलनमा अायाेजक समितिले सम्मेलनकाे सबै तयारी भएकाे जानकारी दिईएकाे छ । उद्घाटन शत्र दिक्तेल बजारकाे हेलिप्याडमा हुने र बन्दशत्र भने शुभम फाउण्डेशनमा हुने छ।

नाैँ राष्ट्रिय सम्मलेनलाई किरात राज्य प्राप्तिकाे मिशन कै अगाडि बढाउने पत्रकार सम्मेलनमा प्रेशीत विज्ञप्तीमा उल्लेख छ। सम्मेलनले विद्यार्थीहरुकाे साझा मुद्दाका रुपमा रहेकाे स्ववियु निर्वाचन पुर्णसमानुपातिक हुनुपर्ने माग अगाडि सार्ने जनाईएकाे छ। साथै खाेटाङ जिल्लाकाे साकेला गाउँ पालिका वडा न ३ का वडा अध्यक्ष तथा किरात राई विद्यार्थी संघका पुर्व प्रशिक्षण विभाग प्रमुख मणिकुमार राईकाे भएकाे निधन प्रति संघले दुख व्यक्त गरेकाे छ।

Facebook Comments

Leave a Reply