किरात प्रदेशकालागि निर्णायक संघर्षकाे तयारीमा जुटाैँ

समाचार

भीम राई

एक नम्बर प्रदेशकाे नामाङ्कनकाे बारेमा निकै गरमागरम बहस भएकाे छ। प्रदेश सभाकाे हल भन्दा बाहिर भएकाे बहसहमा प्रदेश सभाकाे माननीयहरु पनि लामै बहसमा जुटेका छन्। प्रदेश सभाले गर्ने निर्णयकाे पर्खाईमा बसेका र अाफूले सराेकार राखेका विषय भएकाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत खुल्ला बहसमा अाेर्लिएका छन्। प्रदेश सभाकाे संसदमा प्रस्तावकाे अाव्हानकाे समय हिउँदे अधिवेशनकाे अन्ततिर राखिएकाले पछिल्लाे साता निकै ठुलै बहस भयाे । छलफल र बहसले निकै ठुलाे जटिलताहरु उत्पन्न भए। सत्तारुढ दलका संसदहरुनै प्रदेश नामाङ्कनकाे विषयमा एकमत हुन सकेनन्। अन्तत त नामाङ्कनकाे विषय नै सुचिबाट हटाईयाे र अाउने अधिवेशन सम्मलाई सहज बाटाे खाेजियाे। यसविचमा राम्रै खिचडी पाक्न खाेजेकाे हाे । तर पकाउन दिईएन । याे प्रदेश नम्बर १ का जनताकालागि अत्यन्त दुखद कुरा हाे।
प्रदेश नामाङ्कनकाे बारेमा निकैलामाे समय यता छलफल र बहसहरु भईरहेका छन्। अाधिकारीक फाेरममा अाैपचारिक हिसाबले छलफल नभएपनि अनाैपचारिक हिसाबमा कुराहरु भईरहेकै हुन। कुनैबेला केही राजनीतिकदलले यसलाई अाफ्नाे मुल मुद्दाको रुपमा लिएर जनताकाेबिचमा स्थापित भएका थिए। उनिहरुले त्यहि समयबाट किरात प्रदेशकाे अबधारणा सहित पहिचान सहितकाे संघीयताकाे नारामा जनतासँ भाेट माग्नेकाम भएकै हुन। तर पछिल्लाे समयमा यहि नारा बाेक्ने राजनीतिक दललाई किरात प्रदेश नाम नै भारी भएझैँ देखिएकाे छ।
एेतिहासिक जनअान्दाेलन ०६२/०६३का ताका देशलाई संघीय गणतन्त्रकाे मुलबाटाेमा ल्याउने कर्म भईरहँदा अन्तरिम संविधानले समेत स्विकार गरेकाे हाे । दुई दुई पटक भएकाे संविधान सभाकाे निर्वाचन र निर्वाचित भएका सभासदहरुले समेत यश विषयमा राम्रै जानकारी लिएका हुन। मुलुकलाई ८ प्रदेशमा लैजाने र प्रदेश राजधानी र नामकाे बारेमा प्रदेश सभाले टुङ्गाे लगाउने व्यवस्था सहित नेपालकाे संविधान तयार भएकाे हाे। संविधान अनुसार नै प्रदेश सभाकाे निर्वाचन भयाे तर निर्वाचन भएकाे करिब २ वर्ष सम्म प्रदेशकाे नाम गुमराहमा राखिएकाे छ।
शुरुमा केही राजनीतिक दलले अाफ्नाे मुख्य एेजेण्डा किरात प्रदेश हुने भन्दै किरात गणराज्यकाे घाेषणा समेत गरेका थिए। किरात प्रदेशकाे अाेनरसिप पनि अाफैले लिनेगरी निर्वाचनहरुमा हाेमिए। तर पछिल्लाे समयमा राजनीतिक ध्रुविकरण बढ्दै जाँदा याे नामकाे बारेमा विभिन्न किसिमका बखेडा निकालिन थालियाे। जातीयताकाे हंगामा दिईयाे। किरात प्रदेश भनेकाे जातीय प्रदेश हाे भन्ने भ्रम छर्न थालियाे। दुस्प्रचार गर्न सबैखाले शक्ति यसैमा परिचालित गरियाे। यसले किरात प्रदेश विराेधीशक्तीहरुलाई मलजल पुग्ने नै भाे। त्यसमा केही राजनीतिज्ञहरु समेत भ्रममा पर्न पुगे । याे भ्रम चिर्न सामाजिक संस्था नै भएपनि किरात राई यायाेक्खाले पटक पटक राजनीतिक नेताहरुलाई स्मरण गराएकाे हाे। किरात राई यायाेक्खाले किरात प्रदेश नै किन भन्ने विषयमा पटक पटक शिर्ष नेतृत्वलाई भेटेर ज्ञापन पत्र बुझाउने क्रममा किरात भन्ने शब्द कुनै साम्प्रादायीक शब्द नभई नेपाली सभ्यता, ईतिहास र भुगाेल हाे भन्ने कुरालाई प्रष्टसँग राखेकाे हाे। र यीनै भेटहरुमा शिर्ष नेतृत्वले सकरात्मक अभिव्यक्ति दिएका कुराहरु मिडियामा समेत अाएका हुन। तर अहिले केले छेकि रहेछ किरात प्रदेशकाे नामाङ्कन? प्रश्न जटिल भएर अाएकाे छ।
राज्य विभेदकारी हुन्छ भन्ने देखाउनलाई नै याे अानाकानी हाे त? कि कुनै अदृष्य खेल फेरि शुरु हुन लागेकाे हाे अाममानिसमा त्रासकाे वातावरण शुरु भएकाे छ। अस्थिरता चाहानेहरुले फेरि नया याेजनाका साथ नामाङ्कनकाे विषयलाई लिएर खेल्न थालेका हुन? किन बाेल्दैनन् हिजाेका किरात प्रदेशका हिमायतीहरु?
अहिले नै किरात प्रदेश प्राप्त भईहाल्याे भने अाफ्नाे राजनीतिक ऐजेण्डा नै सकिजाने हाे कि? भन्ने बिषयले समेत अहिले केही नेताहरुलाई पिराेल्न थालेकाे देख्दा मुलुकमा स्थिरता नचाहेकाे जस्ताे बुझिन्छ। अहिले चुपचाप बस्ने राजनीतिज्ञहरुकाे अभिष्ट किरात प्रदेश अहिले नै नहाेस भन्ने कामना हाेला। तर याे पनि सँगै बिचार गराैँकी अहिले प्रदेशकाे नामाङ्कनमा साथ नदिने नेतालाई जनतालेपनि अाउने समयमा पक्कै साथ दिने छैनन्।
जनता जानकार छन् । कुन समयमा कुन नेताले सहि निर्णय गरे भन्ने बिषयकाे हिसाब किताब डायरीमा टिपेर राख्ने छन्।
अन्तत निकैलामाे बहस र गन्थनपछि १ नम्वर प्रदेश नामाङ्कनकाे विषयमा प्रदेश सभाकमे खड्काे टरेकाे छ। किरात प्रदेशकाे वैकल्पिक नामहरुकाे फेरिहस्त तयार पार्न याे संकट टारीएकाे हाे भने अब किरात प्रदेश चाहाने अाम नागरिकहरुले निर्णायक अान्दाेलनकाे तयारीमा लाग्नु पर्ने छ। अब शालिन, भद्र र संयम हिसाबले अाफ्नाे पहिचान स्थापित हुनेवाला छैन। दुनियामा कुनैपनि मुलुकका नागरिकहरुले राजनीतिक अधिकार मागेर पाएकाे ईतिहास भेटिएकाे छैन। राजनीतिक अधिकार लडेर लिने हाे । खाेसेर नै लिने हाे।
यसकालागि मानसिकरुपमा तयार हुनै पर्छ। अधिकार प्राप्तिकाे लडाईमा अहिले किरात राई यायाेक्खाले अभियान चलाई रहेकाे हाे भने अब अान्दाेलनकाे नेतृत्व गर्न तयार हुनुपर्छ।
किरात राई यायाेक्खाले चालेकाे अान्दाेलन निर्णायक हुनुपर्छ। अहिले किरात राई यायाेक्खमा सबै राईहरु संगठित भएपनि १ नम्वर प्रदेशकाे नाम राई प्रदेश हनुपर्छ त भनेकाे हाेईन। खम्बुहरु हाैँ भनेपनि खम्वुवान भन्दा माथी किरात भनिएकाे छ। साम्प्रादायीकताकाे कुरा हुँदा चार किरात त ईतिहाँसकै कुराहाे । किरात समुदाय हाे। संस्कृति हाे। सभ्यताकाे शुरुवात हाे। भने नेपालकाे सिँगाे पुर्वी भुगाेल हाे। त्यसैले अाफ्नाे भुगाेल अाफ्नाे ईतिहास, अाफ्नाे सभ्यताकाे प्राप्तीका निमित्त अब निर्णायक संघर्षकाे भावि रेखा काेर्न बहसमा जाउँ। किरात प्रदेश प्राप्त गरेरै छाडाैँ ।

भीम राई किरात राई पत्रकार संघका अध्यक्ष हुन्। सं.

Facebook Comments

Leave a Reply