“गान्धी” र “दमाई”

बिचार

बलदीप प्रभाश्वर चामलिङ /

यी दुई शब्दहरू मानिसका थर हुन् । यी पेशाको आधारमा बनेका थर हुन् ।

तर “गान्धी” भन्दा र “दमाई” भन्दा हाम्रो दिमागमा छुट्टाछुट्टै अर्थको बिम्ब बन्छ । यी सब हिन्दुआर्य समाजको विकृत जातव्यवस्थाले गर्दा हो ।

गान्धी थर भारतको गुजरातको बाँनिया समाजको हो । बाँनियाहरू वर्णव्यवस्थामा व्यापारी हुन् । गान्धी भनेको “गन्ध”बाट अपभ्रँशित भएर आएको हो । गन्ध वा सुगन्ध (सेन्ट / पर्फ्युम) को व्यापार गर्नेलाई गान्धी भनिएको हो । महात्म गान्धीको पुर्खा गन्धको व्यापार गर्थे ।

दमाई भनेको “दमाहा” बनाउने र बजाउनेहरूलाई भनिएको हो । दमाई शब्दको मुल दमाहामा छ ।

अब यहाँ दुई पेशालाई विश्लेषण गरौँ । दमाहा भनेको संगीत कलासंग सम्बन्धित छ । दमाहा बनाउन र बजाउन सिपकला चाहिन्छ । दमाहा भनेको आधुनिक बाजागाजाको शास्त्रीय संस्करण हो । यो संगीतसंग जोडिएको विधा हो । संगीत मानव सभ्यताको अभिन्न अंग नै हो ।

व्यापार र संगीत दुवै कला त हो तर व्यापार ग्राहकलाई लुट्ने कला हो भने संगीत जीवनलाई जोड्ने कला हो । यदि महात्मा गान्धी राजनीतिमा नभएर गन्ध व्यापारमै लागेको हुन्थो भने गान्धीहरू काला बजारिया भएरै अहिले पनि चिनिन्थे, सायद । तर गान्धी थरका एक व्यक्तिको कारण “गान्धी” शब्दलाई गरिमामय बनाइदियो । गान्धी थर अरूले प्रयोग गर्न थाले । अहिलेका राहुल गान्धीको पुर्खा पारसी हुन् । यिनका हजुरबुबाले गान्धि थर प्रयोग गरेपछि गान्धी परिवार भएर कहलिएका मात्र हुन् ।

शब्द उत्पतिको आधारमा गान्धी भन्दा दमाई शब्दमा गाम्भीर्यता छ, ओजस्वीता छ र गौरव छ । तर किन दमाई शब्द अपहेलित छ यहाँ ?

दमाईलाई दलितको खेमामा राखिएको छ । यदि दलितहरू संगठित भएर एकीकृत राजनीतिक शक्ति आर्जन गर्ने हो भने उत्पिडकहरूको समकक्षी बन्न सक्छन् । सिपकलाको जननी हुनु त छदैँछ, त्यसमाथि पनि शक्ति हुनु हो भने दलित जातिको ताकत अरू समुदायमा हुन्न । बाहुनसंग समानान्तर हैसियत कायम भए पछि दलितलाई बाहुनले ढोक्न आउछन् किनभने बाहुनहरू शक्तिको पुजक हुन्छन् । जोसंग शक्ति हुन्न उसलाई बाहुनले लात हान्छन् । आज दलित यो देशको प्रधानमन्त्री भयो भने सबैभन्दा पहिले बाहुन खुट्टा ढोक्न जान्छन् । प्रधानमन्त्री (शक्ति) को हैसियत बनाउने दलितहरूलाई कुन बाहुनले मन्दिर छिर्न दिन्नौस छोएको खान्नौँ र छोरी दिन्नौँ भन्छन् ?

Facebook Comments

Leave a Reply