Anuragi

कवि डि अनुरागीकाे कविता संग्रह विमाेचित

अरुणिमा, समाचार

काठमाडाैँ। युवा कवि डि अनुरागीकाे कविता संग्रह “विसंगतीका धारले रेटिएका फूलहरु” सार्वजनिक भएकाे छ। खाेटाङ जिल्लाकाे बुईपामा जन्मिएका कवि अनुरागीकाे याे पहिलाे कविता कृति हाे।
रावासावा प्राज्ञिक समाजले अायाेजना गरेकाे संग्रह विमाेचन कार्यक्रममा श्री चम्पावती उमावि बुईपाका पूर्व शिक्षक तथा अग्रज साहित्यकार शुभसेर राईले कवि अनुरागीलाई बधाई दिएका छन्। प्रमुख अतिथि रहेका राईले कविकाे कविता यथार्तमा अाधारित दस्तावेज भएकाे बताएका छन्।


यस्तै कार्यक्रमका विशेष अतिथि अग्रज कवि जसराज किरातीले कविकाे अागामि दिनकाे बाटाे फराकिलाे भएकाे बताए। याे एक महान यात्रामा निस्किने अाँट गरेकामा उनले कविकाे प्रशंसा समेत गरेका छन्। नातामा अाफ्नाे सहाेदर भदा रहेकाे समेत बताउँदै किरातीले भने, ” तर उसले कविता लेख्छ भन्ने कहिल्यै थाहा पाईन।”
कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पस खाेटाङका पुर्व क्याम्पस प्रमुख डाक्टर शुकराज राईले कवि अनुरागीकाे कविताले विसंगतीका भावहरुलाई मुखरित गरेकाे बताए। उनले कार्यक्रममा फरक प्रसँग भन्दै रावासावा प्राज्ञिक समाजलाई सबैले सहयाेग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले यस्ताे सँस्थालाई उपयाेग मात्र गर्न खाेजिने तर सहयाेग चाहिँ नगर्ने हाे भने संस्था जिवित रहन गार्हाे हुने बताएका छन्।
सिंगाे कविताकाे समालाेचना गर्दै कवि तथा लेखक भागवत अाचार्यले कविकाे कवित्वका बारेमा टिप्पणी गरेका छन्। उनले कविकाे लेखनलाई हेर्दा परिपक्वता देखिएपनि पूरा भने हुन नसके जस्ताे लाग्ने बताए। “केही राम्रा छन्। केही सुधार गर्न जरुरी छ” उनकाे भनाई थियाे।
यसै गरि विमाेचन कार्यक्रमकै अवसरमा रावासावा प्राज्ञिक समाजकाे अाजीवन सदस्यता लिने घाेषणा समेत गरिएकाे छ। कवि धनध्वज राई डि अनुरागी, डा सुकराज राई, कवि जसराज किराँती, कवि तथा अग्रज व्यक्तित्व शुभसेर राई, कवि तथा साहित्यकार भागवत अाचार्य, युवा कवि गाेपाल राई, प्राध्यापक तथा कवि टीका श्रेष्ठ, कवि तथा लेखक नारायण ढकालले अाजीवन सदस्यता लिने घाेषणा गरेका छन्।
कार्यक्रमकाे सभापतित्व समाजका अध्यक्ष डा धनप्रसाद सुवेदीले गरेका थिए भने संचालन महासचिव चन्द्र रानाहँछाले गरेका हुन्। कार्यक्रममा विभिन्न संघ संस्थाकाे प्रतिनिधि तथ साहित्यानुरागीहरुकाे व्यापक उपस्थिति रहेकाे थियाे।

अनुरागी
Facebook Comments

One thought on “कवि डि अनुरागीकाे कविता संग्रह विमाेचित

Leave a Reply to Bhim Rai Cancel reply