लुम्विनीको आकर्षण बन्दै विचरित सारस

२७ असोज,काठमाडौ ।
विश्वमै दुर्लभ मानिने पंक्षी सारसले अहिले कपिलवस्तु र लुम्बिनी विकास कोषकोको आकर्षणको पक्ष बनेका छन् । वच्चा कोरल्नेदेखि हुर्काउन सम्म नेपालको बिभिन्न क्षेत्रलाई रोज्ने सारसहरुका लागि कपिलवस्तु र लुम्बिनी प्रिय स्थल नै बन्दै आएको छ ।images
सारसहरु अहिले कपिलवस्तु जिल्लाका बिभिन्न ठाँउमा बच्चा हुर्काउदंै हिडेका छन ।  कपिलवस्तु स्थित गोटिहवा, सिहोखोर, पकडी, निग्लिहवा नहरको पूर्वमा रहेका धान खेतमा सारसले बच्चा चराउदै हिडेका छन भने रुपन्देहीको लुम्बिनी बिकास कोष भित्र सारसले आफनो एक हप्ते बच्चा चराउदै हिडेको देख्न पाइन्छ । सारसलाई चराका राजा मानिने गरिन्छ ।
सारसलाई राज सारस भन्ने पनि चल्न छ । सारस बस्ने ठाउँ शुभ मानिने हँुदा बालीनाली धेरै फल्ने जनबिश्वास रहेको छ । उडन सक्ने चराहरु मध्ये सबैभन्दा अग्लो चरा सारस हो । सारसले आफ्नो अण्डाको रक्षा पनि विशेष किसिमले नै गर्ने गर्छ ।
पालो पालो गरि सारस अण्डा कुर्न बस्ने गर्छन । जोडी मध्ये एउटाले अण्डालाई कुर्ने र  अर्को चर्न जान्छन् । अण्डा माथि बसेर अण्डालाई निश्चित तापक्रममा राखेका हुन्छन् । करिब १० किलो सम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नै बन्यजन्तु संरक्षण ऐन–०२९ ले संरक्षण गरेको ९ बटा पंक्षीको प्रजाति मध्ये सारस पनि एक हो ।
नेपालको कानुन अनुसार संरक्षित चरा मानिने सारसले बच्चा चराएको बसेका ठाँउ भने असुक्षित छन । अधिल्ला  बर्षहरुमा यसको शिकार हुने गरेपनि हाल संरक्षणकै कारण शारसको संख्यामा वृद्धि भएको स्थानियबासीहरु बताउछन् ।
सारश बस्ने ठाउँ शुभ मानिने हुदा बालीनाली धेरै फल्ने जनविश्वास रहेकाले समेत स्थानीय संरक्षणमा जुटेको पाइन्छ ।
सारसले सर्पहरु सजिलै मार्ने हुदा सारस बस्ने ठाउ बरिपरी सर्प देखिदैनन् । बालीलाई नोक्सान पु¥याउने संखे लगायतका किरालाई सारसले खाने हुँदा बाली सप्रन सहयोग पुग्ने बताईएको छ ।

नेपालभरीमै बढीमा ४ सय सारसहरु भएको अनुमान गरिएपनि कपिलवस्तु, रुपन्देही र नबलपरासीमा मात्रै दुई सय पचास बढी सारशहरु भएको बताईन्छ । कपिलवस्तु सबै भन्दा बढी सारस पाइने जिल्लाको रुपमा चिनिन्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment