आगामी तीन दिनसम्म मौसम बदली हुने पूर्वानुमान

समाचार

चैत्र ०४, काठमाडौं । नेपाल सरकार, मौशम अनुमान शाखाले आगामी ३ दिन सम्म मौसम बदली हुने जनाएको छ ।

चैत्र ०४ गते (सोमबार):-दिउँसोः देशका पुर्बी भूभाग र पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी  भू-भागका केहि  स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।रातीः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। 

चैत्र ०५ गते (मंगलबार):-दिउँसोः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०६ गते (बुधबार ):-दिउँसोः देशका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Facebook Comments

Leave a Reply