काठमाडौंमै भेटियो बर्डफ्लु, २८ हजार कुखुरा नष्ट

समाचार

४ चैत, काठमाडौं । काठमाडौं ताकेश्वरका दुई कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफर्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफर्मका कुखरामा बर्डफ्लु भेटिएको हो ।

बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको छ । बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफर्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ ।

Facebook Comments

Leave a Reply