Tanka thapa

खोटाङ जिल्ला समन्वय समिति अध्यक्षमा टंक थापा

राजनीति, समाचार

खोटाङ, ३ चैत । संघीय समाजवादी फोरम नेपाल खोटाङको जिल्ला समन्वय समितिको अध्यक्षमा टंकबहादुर थापा चयन भएका छन् ।

चैत्र ३ गते जिल्लाका वडा तथा पालिका कमिटिका प्रतिनिधि सम्मिलित भेलाले यसअघि संघीय समाजवादी फोरमको जिल्ला उपाध्यक्ष रहेका थापालाई समन्वय समितिको अध्यक्ष चुनेको हो ।
उक्त भेलाले गठन गरेको ३९ सदस्यीय समितिको उपाध्यक्षमा पिके खम्बू, सचिवमा देवकुमार राई, सह–सचिवमा टिकाराम राई र कोषाध्यक्षमा सावित्रा राई चयन भएका छन् ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एबं १ नम्बर प्रदेशका अध्यक्ष भूपेन्द्र नेम्वाङ, केन्द्रीय सदस्य लिला सिटौला, सनबहादुर राई, देबराज राई, डा. केके राई, विवेर राई लगायतको उपस्थितिमा जिल्ला समन्वय समिति गठन भएको हो ।

Facebook Comments

Leave a Reply