सत्तारुढ दलसँग कांग्रेसले प्रतिस्पर्धा गर्ने

२७ असोज, काठमाडौ ।
नेपाली काँग्रेसले नयाँ संविधानअनुसार हुने सबै पदमा प्रतिष्पर्धा गर्ने भएको छ । बुधवार बसेको काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो । index
बैठकले प्रधानमन्त्री निर्वाचनमा पार्टीलाई सहयोग गर्ने सबैदलसँग परामर्श गरेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन बाँकी अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने दाबी गरेको छ । यसका लागि सहयोगी दलहरुसँग बुधवारदेखि नै वार्ता र सम्बाद सुरू गर्ने निर्णय समेत पदाधिकारी वैठकले गरेको छ ।
सभामुख र उपसभामुखको निर्वाचन यही शुक्रबार गर्ने संसद सचिवालयको तयारी छ ।
प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक बुधवार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद पनि दिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment