दशै तिहारमा पनि आन्दोलन कायमै : मधेशी मोर्चा

२६ असोज, काठमाडौ
मधेसी मोर्चाले चाडवाडका समयमा पनि आन्दोलन कायमै राख्ने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले संविधानको विरोधमा तराईमा भइरहेको आन्दोलन नरोक्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नाकाको अवरोधसहित अहिले भइरहेको बन्द हड्ताल केहीपनि फिर्ता नलिने निर्णय भएको बताए । उनले बजार र बैंकहरु भने खुल्ने बताए ।
अध्यक्ष यादवले मधेसी मोर्चाले प्रधानमन्त्रीको चुनावमा भाग लिएर संविधान स्वीकार गरेको कुरा गलत भएको जिकिर गर्दै प्रधानमन्त्रीको चुनाव संसदीय व्यवस्था अनुसार भएकाले त्यसमा सहभागी भएको तर नयाँ संविधानको विरोध भने कायमै राखेको प्रष्ट पारेका पारे ।
मधेसी मोर्चाले दसैँ तिहारलाई लक्षित गर्दै मधेसका जिल्लामा सोमबारदेखि ५ दिनका लागि बैंक तथा वित्तीय संस्था भने खोल्न दिएको छ । ०००

Facebook Comments

Related posts

Leave a Comment