यायोक्खाको भर्‍याङमा तिलकको राजनीति !

समाचार, समाज

धरान १९ । किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधीवेशनलाई अध्यक्ष तिलक राईले राजनीतिक पदकालागी भर्‍याङ बनाउने कोशीस गरेका छन् । उनले गएको स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकाको निर्वाचनमा यायोक्खाले खुलेर सहयोग नगरेको रिस राष्ट्रिय महाधिबेशनमा पोखेको बताइएको छ । आफुलाई नेपाली कांग्रेसको नेताका रुपमा उभ्याउन प्रयासरत रहेका राईले गएको निर्वाचनमा धरान उपमहानगर पालिकाको प्रमुखमा निर्वाचन लडेका थिए ।
किरात राई यायोक्खाको नौँ राष्ट्रिय माहाधिबेशनमा संयोगले अध्यक्ष बनेका कांग्रेस महाधिवेशन प्रतिनिधी समेत रहेका राईले कांग्रेसको शाख जोगाउनकै लागि यायोक्खामा आफ्नो नाङगो चरित्र प्रस्तुत गरेको यायोक्खा निकट नेताहरुले बताएका छन् । किरात राई यायोक्खा सबै किरात राईहरुको साझा संस्थाको रुपमा रहनु पर्नेमा अध्यक्ष राईले आफु अनुकुल भातृसंस्थाहरुको परिचालन गर्न कोशिस गरेको उनीहरुको आरोप छ ।
यायोक्खाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएसँगै सुनसरीको धरानमा गएर बसेका राईले यायोक्खाको केन्द्रिय कार्य सम्पादन गर्न असमर्थ रहेकाले उपाध्याक्ष दिवस राईलाई कार्यबाहक समेत दिएका थिए । यायोक्खामा कार्यबाहक अध्यक्ष दिएर कांग्रेसको तर्फबाट निर्वाचन लडेका राईले तत्कालीन एमालेका नेता तारा सुब्बासँग चुनाव हारेपछि फेरी यायोक्खामार्फत आफ्नो राजनीतिक भविष्यको खोजी गर्न थालेका स्थानीयको आरोप छ । उनले गएको स्थानीय चुनावमा किरात राई सामुदायीक मत जम्मा गर्न आफु यायोक्खाको अध्यक्ष रहेकाले सम्पुर्ण राई समुदायले आफुलाई भोट दिनु पर्ने उर्दीनै जारी गरेका थिए । उक्त कुरा तत्कालिन एमालेका कार्यकर्ताहरुले नमानेकोले निर्वाचन हार्नु परेको रिस यस अधिवेशनमा उनले पोख्न लागेको जानकारहरु बताउँछन् ।
धरान उपमहानगर पालिकाका मेयर तारा शुब्बाको निधन पछि पुन उप निर्वाचन हुने निश्चित भएपछि आफ्नो राजनीतिक यात्रा सहज बनाउन उनले सुनसरीमा
राम्रै चलखेल गर्न शुरु गरेको बुझिएको छ । किरात राई यायोक्खाको राष्ट्रिय महाधिबेशनको समय दुईमहिना बाँकी छँदै उनले आफ्नो उम्मेदवारी निश्चित गर्न यायोक्खाको महाधिवेशननै अगाडि सारेका छन् । उनले आगामी उप निर्वाचनमा आफ्नो उम्मेदवारीलाई मजबुद बनाउनकै लागि सुनसरीका केही पत्रकारहरुलाई काखी च्यापेको स्थानीयको बुझाई रहेको छ । उनीहरुले भने, ‘बोकेको कुकुरले के मृग मार्नु सक्छ होला र ?’

Facebook Comments

Leave a Reply