किरात उपभोग सिद्धान्त

बिचार, समाज

–जय शिवाहाङ

किरातहरुका धेरै संस्कार संस्कृति कला साहित्यहरु छन् । प्राय ः सबै विज्ञानमा आधारित छन् । यीनीहरु मुन्दुमका साना ठुला कार्यहरुमा खोज अन्वेशन गरिन्छ । यहाँ मुन्दुममा आधारित संस्कृतिको उल्लेख गर्ने प्रयास गरिदैछ । यसलाई मुन्दुममा ‘नङचा’ भनिन्छ । यसको सामन्यत विष उपभोग गर्नु भन्ने अर्थ लाग्दछ ।
१, नङचा :–
आज पनि व्यावहारिक ज्ञान किरात समाजमा जीवीत नै रहेको छ । कथा अनुसार एकदिन दुई दाजु भाईको झगडा प¥यो । दाजु भन्दा भाई अलिक खाइलाग्दा थिए । त्यस समय किराती समाजमा हात लगाएर कुटाकुट गर्ने चलनको विकास भइसकेको थिएन । रीस उठेमा एकले अर्कालाई हात वा कुम अर्थात काँधले एक अर्कालाई धकेल्ने गर्दथे । त्यसपछि कम्मरमा समातेर एकले अर्कालाई पछार्ने, थिच्ने, पल्टाउने मात्र गर्दथे । कोदे मुक्काको पनि विकास भएकै थिएन । शरिर पिल्सिन्थ्यो । थिलथिलोसम्म हुन्थ्यो । दुवै जनाको झगडा हुँदा उनिहरुका काकाले छुट्टयाएका थिए । निकै लामो समय सम्झाई बुझाई गरेपछि भाईले दाईलाई सायाचोङमा (शिर उभ्याउनी) गर्नु पर्ने भयो । भाईले सायाचोङमाका लागि एक चिण्डो खाबामा उसको श्रीमतीलाई तयार पार्न लगायो । क्षणभरमै तयार पनि भयो । दाईलाई भाईले चिण्डो राखिदिएर ढोग्ने प्रयास ग¥यो ।
त्यस मेसोमा दाईले भाईलाई भन्यो ‘म भन्दा शिर्ष काका हुनुहुन्छ । काका र मलाई त्यही राखिदिएर ढोग ।’ भाईले त्यही ग¥यो । तर त्यो कसैले छोएनन् । किन भने त्यो चिण्डोको खावामा नङ (विष) मा रुपान्तरण भएको थियो । त्यसैले ती दुईलाई कल झगडा गराएको थियो । काका वंशभाईका प्रमुख र कलझगडा गर्नेहरु एकै वंशका भए । किरात मुन्दुममा तीनपक्ष अनिवार्य चाहिन्छ । गणना गर्दा वंशको प्रतिनिधी काका भइहाले । दोश्रो पक्ष कर्तव्य गर्ने दाजुभाई भए । अव मुन्दुमका लागि एक अर्को वंशको आवश्यकता प¥यो । अर्को वंशका एकजना खोज्न भाई निस्क्यो । उसले एकजना सामन्य माङपा वोप्तोङमी (संयोजक) खोजेर ल्यायो ।

२, चार तत्व –
वोप्तोङमीले सर्वप्रथम एउटा बटुकामा खाबामा सा¥यो । त्यहाँ चिल्ले कटुसको सेउली चोवल्यो । त्यसलाई हातमा लिएर मुन्दुममा बखान ग¥यो । सर्वप्रथम भुँईमा छक्र्यो, पूनः भुईमै छक्र्यो । तेश्रो पटक मानिसको टाउको सम्म छक्र्यो । अर्को आकाशतिर छक्र्यो । यसको अर्थ निम्नलिखित थियो ।
क) सर्वप्रथम – पृथ्वी
ख) पुनः पृथ्वी मार्फत–पानी
ग) टाउकोसम्म – वायु
घ) आकाश – सूर्य (तेज ताप)
खावामामा रहेको विषाक्त तत्वहरु उक्त चारतत्वमा घोलेर अस्तित्व विनास गराउन मुन्दुम व्यवहारिक र विज्ञान कला भयो । अन्तमा खावामा बाँढीयो । सबैले उपभोग गरे । वास्तवमा उपभोग गरिएको खावामा पूर्णत ः विष विहिन हुन थियो । यदि रहेको भएपनि चारखण्डको एक खण्डमात्र थियो । अझ त्यो विभाजनमा प¥यो । त्यहाँ भएको विष पुनः मानव (किरात) हरुका पृथ्वी, देह (शरिर), जल, वायु, र तेज–तापमा घोलिन्छ । यो वितरण प्रकृयालाई हादुङ (वितरण गरेर तरल पदार्थ पिउनु) वा हाचामा (वितरण गरेर उपभोग गर्नु) भनिन्छ । अर्थशास्त्रको भाषामा वितरण (म्ष्कतचगदगतष्यल) भनिन्छ । यो मुन्दुम प्रकृया किरातहरुमा रहेको अर्थशास्त्रको वितरणको सिद्धान्त (त्जभयचथ) पनि हो । यो कलामात्र नभएर विज्ञान पनि हो । उदाहरणकालागि विषको मात्रा घोलिएपछि अर्को वस्तु शक्तीमा रुपान्तरण गर्नु हो ।
३, कर
किरातहरु जति वस्तु तथा सेवाहरु उपभोग गरेर तिनिहरुको अस्तित्व नष्ट गर्दछन् । त्यति नै शरिर (देह) का चार तत्वहरु मजवुद हुन्छन् । यी भौतिक शरिरलाई जसले मजवुद बनाउन सक्षम हुन्छ । उ शारीरिक मात्र होइन मानसिकरुपमा पनि कमजोर हुँदै हुदैन ।
यही क्रममा कुनै किरात उपभोक्ताले घरेलु उद्योग साना, मझौला ठुलो उद्योगहरु खोल्दै अगाडि बढ्न सक्छ । उसँग श्रमशक्ति प्रचुर हुन्छ । कृषिमा त्यो शक्ति प्रयोग गरि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न सक्षम हुन्छ । आवश्यक वस्तु तथा सेवाहरु आयात–निर्यात गर्दछ । कर तिर्दछ । कर तिरेवापत गाउँ नगर, स्थानीय तथा संघीय सरकारले उसलाई सेवा सुविधा उपलब्ध गराउँछ । अतः वस्तु तथा सेवाहरु बढी उपभोग गर, उत्पादनलाई वृद्धि गर, कर तिर भन्दछ । यसले प्रत्यक्ष र अप्रत्यक्ष कर बढी तिर्न प्रेरित गरेको पाईन्छ । यो किरातहरुको साँस्कृतिक कानुनका रुपमा पनि मानिन्छ ।
किरात मुन्दुम र चिनियाँ उखान एउटै हुन् । चिनियाहरु भन्ने गर्छन आकाशतिर ढाड फर्केका सबै वस्तुहरु उपभोग गर्नु हुन्छ । यही क्रममा मानिसले आफ्नो चेहारा पूर्व फर्काउदा ढाड पश्चिम, उत्तर चेहरा फर्काउदा ढाड दक्षिण, पुनः ढाड दक्षिण फर्काउदा उत्तर ढाड, पश्चिम चेहारा फर्काउदा पूर्व ढाड फर्किने जात उपभोग गर्नु दुखदिनु हुदैन । यही कारण किरातहरुलाई रोदुङ सर्वभक्षी उपभोक्तावादी, भनिन्छ । किरात मुन्दुममा उपभोग गर्ने कला हुन्छ ।
माथी विष पिउने कला उल्लेख भइसकेको छ । जसले कलात्मक ढङगले विष उपभोग गर्दछ र अमृतमा रुपान्तरण गर्दछ उसले श्रमशक्ति वा कार्यदक्षतामा वृद्धि गराउँछ । आफू धनी, समाज धनी, गाउँ धनी, देश धनी , र समृद्ध शालि बनाउँछ । त्यहीकारण चादुङ–मुवानिन(उपभोग गर) मुन्दुमले भन्दछ । भण्डारण वा बचत (चासेप्युङ मुवानिन्) गर भन्ने गर्दछ । अपुग भए क्रृण लेउ व्याज तिर ।
चन्द्रगुप्त मौर्यकन गुरु तथा मंन्त्रि चाणक्यले किरात अर्थशास्त्रको आधार लिएर ‘यावत जीवेत क्रृणम कृत्व घृतमं पीवेत’ उपभोग गर्दै जाँदा अभाव भए जसरी भएपनि क्रृण गरेर घीउ नै पिउनु भनेका छन् । चन्द्रगुप्त मौर्यका श्रीमती (रानी) रोहमा थिइन । उनको माइति खलक प्रायः सबै किराती सेनाहरु थिए । यसो हुँदा चाणक्यको गुरु किरातहरु नै थिए । अत अर्थशास्त्रका पिता किरातहरु नै थिए । अझ नेपालका किरातहरु पातली पूत्र (पटना) तिर, राढी पाखी, गलैँचा, लुकुनी, निर्यात गर्दथे ।
तर जो यो मेरो उपभोग गर्ने भक्ष यो अभक्ष भन्दछ । अभक्ष भन्नेहरुको चार भौतीक तत्वहरु दुर्वल रहन्छन् । त्यस्ता मानवहरुका भौतिक संरचना विलकुल फरक पर्दछ । त्यस्ता मानवहरु हेर्दा रुन्चे पिन्चे, पिलन्धरे शरिरका हुन्छन् । यिनीहरु परनिर्भर र आशा मुखी देवता हुन । यिनीहरु श्रम गर्दैनन् बढी जिभ्रो फडकार्छन् । वर्गजाती विभाजन गर्न माहिर हुन्छन् ।
वस्तु उपभोगले माग वृद्धि हुन्छ । वस्तु उत्पादन कामचोर वर्गको कारण उत्पादन ह्रास हुन्छ । तब वस्तु दुर्लभ हुन्छ । अब उपभोग पनि ह्रास हुनु अस्वाभाविक हुँदैन । अत ः माग र पुर्तिको सिद्धान्तभन्दा किरातहरुका व्यवहारिक सिद्धान्त जेठो मानिन्छ । किरातहरु व्यवाहारवादी बढी थिए । किरातहरु नै व्यवहारवादका अग्रज हुन् । अतः व्यवहारपछि मात्र सिद्धान्त बन्दछ । किरात मुन्दुममा चादुङ, हाचाया, मुवाए,( उपभोग वितरण गर) भन्ने गरेको हो । मुन्दुममा बचत र भण्डारण गर्ने सिद्धान्त छ । यसलाई चासेप भनिन्छ । किरातहरुका विनियम प्रणाली रोचक छ ।
४ भक्ष– अभक्ष
आदिम किरातहरु हिम्मवत खण्ड कैलास मानसरोवर पर्वतको उत्तरी आसपासमा रहँदा धेरै जंगली जनवारहरुलाई घरेलु जनवार बनाए । गाईलाई घरेलु बनाउने क्रममा किरातहरु जंगलमा गाईको खोजिमा गए ।
नयपाल प्रणय पासा (२०६५ः६) अनुसार गौरी गाईको सिङबाट आज नेपालीहरु शिव भगवानको लागि जलहरी चढाउँछन । किरातहरुले मेरो जननी (आमा) भन्न प¥यो भने उङमा भन्दछन् । यो कैलास मानसरोवर उत्तर कासी ( वनारस कासी होईन ।) उत्पती भएका जनहरुमा प्रचलन आज पर्यन्त जीवित छदैँछ । उदाहरण पृथ्वी (हेन्खामा) प्रकृतिका संरक्षक पारुहाङ (शिव) पुरुष हुन् । सर्वप्रथम संरक्षकलाई नपन्साई जननी (उङमा), हेन्खामा एवम सुम्निमासम्म तर्पण सेवा पु¥याउन संभव हुदैन ।
अझ प्रणय पासा(पृ.) थप्नु हुन्छ ‘यो गाई मनुष्यको शत्रु नै भनिन्छ । कोही मान्छे यसको सामु पर्नासाथ त्यो मान्छेलाई मार्नका लागि त्यसको पिछा गर्दछ । यदि त्यो मान्छे चलाख भएर कुनै अग्लो स्थान वा रुखमा चढ्यो भने त्यो अग्लो स्थान वा रुखलाई तीन–तीन दिनसम्म चक्कर लगाई रहन्छ ।’ आज पनि किरातहरुका जनजिब्रोमा जीवित राखेका छन की गाई किरातहरुको शत्रु हुनाले जसले आफूलाई विनाश गर्ने गर्दछ त्यसले भन्दा अगाडि विनास आफैले गर्नु पर्दछ । नत्र त्यसले हानेर आन्द्राभुँढी छरी दिन्छ । अतः सकेसम्म अग्लो स्थान वा रुखमा चढी शत्रुलाई वाण प्रहार गर्नु पर्दछ । उ किरातीको दुश्मन वा विष हुनाले त्यसलाई जल, जमिन, वायु, तेजतापको प्रतिक शरिर(देह)मा घोली अस्तित्व विनास गरिदिनु पर्दछ । यो क्रियापनि किरात उपभोगवाद भित्र पर्दछ ।
तर किरातहरु आफुले उपभोग्य वस्तु तथा सानहरु पूर्खा पारुहाङ(शिव)लाई गाईको रगत र मासु त्यसैको सिङबाट तर्पण गर्न प्रारम्भ गरे । अझ उही गौरीगाईको सिङ फूकेर हेन्खामा, सुम्निमालाई सन्देश सम्प्रेषण गर्दथे । त्यो गाईको वंश विनास हुँदै गयो । त्यो प्रचलन अन्य गाइमा प्रतिस्थापन भयो । कानुनी अड्चन र अभक्ष बन्दै गयो । पुनः त्यो राँगो र भैँसीमा प्रतिस्थापित भयो । । अतः आजपनि विशेष किरात संस्कृतिमा भैँसीको सिङ फुक्ने प्रचलन जीवित छ । वस्तुतः यो पुर्खा जनक पारुहाङ, जननीहरु हेन्खामा सुम्निमा लाई ग्रहण पवित्र हुन्छ, भन्ने आधारमा किरातहरुले गाई उपभोग्य वस्तु बन्यो । यही उङमाबाट संस्कृतिमा साटिदा उमा बन्यो ।
वास्तवमा किरातहरुले गौरीगाईलाई हत्या गर्न गएका थिएनन् । घरेलु जनवार बनाउन खोजीमा गएका थिए । गौरी गाईले नै किरातहरुलाई दुश्मन बनाएको थियो । अतः पुर्खाको प्राणले गौरीगाईको माग बढायो । पुर्ति नभएर वैकल्पिक वस्तु गोरुको टाउको, लाङसा–पिसा ( गोरु–गाईको मासु) वचनले र व्यवहारले कुखुराको खुट्टा चुढाउँदै आफ्नो माङलाई तर्पण गर्ने प्रतिस्थापित प्रचलन आजसम्म जीवित छ । यसरी उपभोगले माग वृद्धी गराउँछ । किरातहरु सधै आफ्नो मौलिकातिर उन्मुख हुन खोज्दछ । दुश्मन हिंस्रकलाई जल, तेजताप, माटो र हावामा विलय गराउँछन् । तर भाखी ः किरात अर्जुनिय पृष्ठ १६ किरातहरु न असभ्य न दासहरु नै थिए ।
५ मेकचन ः
यो शाहा र राणाकालमा प्रतिवन्धित अभक्ष वस्तु उपभोग गरेमा राई पगरीबाट एक सुका (चारआना) एक मोहर (आठआना) क्रमश ः एक रुपैयाँ २०३७ सालसम्म जग्गाको टिप रसिद सँगै लिइन्थ्यो । त्यसलाई मेकचन ( गाईगोरुको मासु उपभोग गरेवापत प्रत्यक्ष कर) भनिन्थ्यो । कालान्तरमा यो धुरीकरमा प्रतिस्थापन भयो । जान अन्जानमा गाईगोरुको मासु उपभोग गरेमा वृटिस–भारतीय सेनामा कार्यरत किरातजनहरुमा पतिया चलाउने चलन थियो । तर मेक्चन टिप रसिदमा उल्लेख नहुँदा राईपगरीको आयश्रोत बन्दथ्यो । धुरीकर भएपछि मात्र सरकारी आयश्रोत बन्न पुग्यो ।
आज गाई–गोरु अभक्ष भएपछि कथित तल्ला जातीहरुका पुखर््यौली पेशा, व्यवसाय खोसियो । वटम (टाँक), छालाको जुत्ता, पेटी, झोला, दाप, जस्ता सामाग्री उत्पादन गर्ने घरेलु उद्योगहरु बन्द भए । आयातमा निर्भरहुँदा राष्ट्रिय अर्थतन्त्र विदेशिदै छ । यो उपभोक्तावाद असफल भनिन्छ । यो किरात अर्थशास्त्र एवं वाणिज्य शास्त्र विरुद्ध छ । तर किरात मुन्दुम हिन्दु दर्शनभन्दा धेरै जेठो मानिन्छ ।

Facebook Comments

Leave a Reply