“प्रथम मैनामैनी पर्यटन महोत्सव” बिफल

पर्यटन, समाचार, समाज

तेज बान्तावा राई  /

भक्ते आउने भए पछि मुख्यमन्त्री लगायत अतिथिहरु फर्किए पछि “प्रथम मैनामैनी पर्यटन महोत्सव” असफल भएको छ ।
बेलका नगरपालिका 7 नं. वडा कार्यालय आयोजक रहेको कार्यक्रममा स्थानीय व्यक्तिहरु भन्दा झापा र मोरङका भक्तेको कार्यकर्ताहरुको खटन-पटन रहे पछि भक्तेको स्थानीय कार्यकर्ताहरुको उपस्थिति समेत रहेको थिएन । झापा र मोरङबाट भने 100 भन्दा बढी गाडीहरुले भक्तेको कार्यकर्ताहरु ओसारेका थिए ।

भक्तेले आफूलाई आफैँले “बाल तपस्वी सत्य महागुरु” घोषित गरेर झूठो प्रचार गर्दै प्रवचन हिँड्न थाले देखि भक्ते घर आएको थिएन । मैनामैनी कै स्थानिय प्राथमिक विद्यालयमा 5 कक्षा सम्म पढेर गुरुङचौरी निमाबि स्कूलमा कक्षा 7 सम्म र रामपुर स्कूलमा 8 कक्षा सम्म अध्ययन गरेको तर प्रचारमा आफैँले “7 बर्षको उमेरमा जंगल पसेर तपस्या गरेको, 11 बर्षको उमेरमा एक्लै सगरमाथा आरोहण गरेर तपस्या गरेको, तिब्बत र भूटानको गुम्बामा बसेको” जस्ता कपोल कल्पित प्रचार गर्न थाले पछि भक्तेलाई स्थानीय छिमेकीहरुले “ठग” को संज्ञा दिएका थिए । पछि स्वयम् भक्ते आफैँले आफूलाई “सुप्रिम मास्टर गड एन्जल” घोषित गरेको थियो । किराती संस्कार, संस्कृतिको बिरोध गर्दै आफ्नो अर्ध क्रिस्टियन दर्शनको प्रचार गर्दै हिँडे पछि किरात सांस्कृतिक अभियन्ताहरु भक्ते विरुद्ध उभिए पछि भक्तेको व्यापक भण्डाफोर भएको थियो ।

बिभिन्न प्रभावशाली राजनीतिक व्यक्तित्वहरु सँग फोटो खिचाएर “उहाँ पनि मेरो चेला हो” भन्दै फोटो देखाएर प्रचार गर्न सिपालु भक्तेले यसपाली भने “मैनामैनी पर्यटन महोत्सव” को नाममा प्रवेश गरेर प्रदेश नं. 1 का माननीय मुख्यमन्त्रीको हात बाट अभिनन्दन गराई माग्ने धुर्त चालका साथ योजना बनाएर आएको थियो । तर अतिथिहरु चतारा सम्म आई पुग्दा भक्तेको फोटो र झण्डा सहितको ब्यानरहरु व्यापक देखे पछि चतारा बाटै फर्किएका थिए ।

पर्यटन महोत्सव नाम दिए पनि भक्तेको प्रायोजनमा कार्यक्रम भैरहेको र भक्तेको समेत उपस्थिति रहने कुरा बुझे पछि कार्यक्रममा बोलाइएका राजेश पायल राई, विल्सन विक्रम राई, मेलिना राई लगायतका राष्ट्रिय कलाकारहरुले कार्यक्रममा नजाने निर्णय गरेका थिए । राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्न भेला भएका स्थानीयहरुले कलाकारहरु नआए सँगै भक्तेको अर्ध क्रिस्टियन प्रवचन सुरु भए पछि “भक्तेले फेरि पनि ठगेको” चर्चा गर्दै ग्राउण्ड छाडेका थिए ।

हेभेन्लि पाथ नामको संस्था खोलेर चन्दा संकलन गर्दै अकुत सम्पत्ति आर्जन गरेको भक्तेले आफ्नो ठगी धन्दाको पर्दाफास हुँदै गर्दा नेपाली नागरिकता त्यागेर क्यानेडियन नागरिकता लिएको भक्ते अहिले क्यानेडियन पासपोर्टमा भिषा लगाएर झापा र भारतको पस्चिम बंगाल क्षेत्रमा लुक्दै बसिरहेका छन् । पुस्तक निकालेको विषयमा भद्रगोल किरातीलाई मुद्दा हाले पछि सोही मुद्दाको क्रममा भद्रगोल किरातीको तर्फबाट लागेका बिभिन्न मुद्दाहरुबाट बच्न, काठ्माण्डौँमा भने हेभेन्लि पाथको सबै कार्यालयहरु बन्द गरेर फर्निचरहरु कुमारीपाटी स्थित एक अनुयायीको घरमा थुपारेर राखेका छन् ।

त्यसै गरि गैर कानूनी कामहरु गरेकै कारण भक्तेलाई सिक्किममा समेत “प्रवेश निषेधाज्ञा” जारी भएको छ भने दार्जिलिङमा सामाजिक वहिस्कार भएको थियो । दार्जिलिङमा भक्ते कै निर्देशनमा फलाम सिं चाम्लिङको निर्ममता पूर्वक हत्या समेत भएको थियो । सो मुद्दा अझै पनि फैसला भैसकेको छैन भने अभियुक्तहरु फरार छन् ।

Facebook Comments

Leave a Reply