Balaram Timilsina

विज्ञानको उन्मुक्तिको प्रश्न ! (कविता)

अरुणिमा, कविता

बलराम तिमल्सिना “कमसल”

पूँजीको निम्ति
र पूँजीपतिको निम्ति
घातक उपकरण बनाउँने
खेतालो वनेको छ विज्ञान !

युध्द , युध्द र त्यसपछि युध्द
अझ त्यसपछि पनि युध्द र अझै युध्द
मिशायल ट्याङ्क र एण्टि एयरक्राफ्ट
सैन्य जासुसी , सैन्य हमला र धम्की
विज्ञान, बर्बरताको विमारी बनेको छ !

जोसँग पूँजी छ
उसैसँग हँतियार छ
जोसँग हँतियार छ
उसैसँग राज्य छ
जोसँग राज्य छ
उसैसँग वैज्ञानिक छन, विज्ञान छ
यसरी पूँजीवादको कमारो बसेर
हँतियार र युध्द सोचेर बसेको छ विज्ञान !

एउटा पनि श्रमिकका छोरा
नाशामा छिरेका छैनन्
र जो नाशामा छन
तिनीहरूको नशामा
डलर मात्रै बग्छ रगत हैन
तिनीहरूको दिमाग
युध्दको ह्याङओभरको विमारी छ !

मान्छेको मान्छेको लागि
मान्छेबाट जन्मेको विज्ञान
एकाएक मान्छेको शत्रु बनेको छ !

विज्ञानलाई पूँजीबाट मुक्त गर्नु
वैज्ञानिकहरूको दिमागबाट युध्द झिकिदिनु
मान्छेको विज्ञानलाई
मान्छेको सेवामा फर्काउँनु
यही नै हाम्रो युगको कार्यभार हो
त्यो कार्यभार पूरा गर्न
पूँजीपतिको हातबाट
पूँजी र हँतियार सहित राज्य खोस्नु
अझ अघिल्लो कार्यभार हो !

विज्ञानलाई मान्छेको बनाउँन
आउँनोस यौटा युध्द लडौं !

22/10/2018
ढल्को

Facebook Comments

Leave a Reply