भोटो जात्रा सम्पन्न

२६ असोज, काठमाडौ ।

काठमाडौ उपत्यकामा आज परम्परागत भोटो देखाउने जात्रा मनाइएको छ । ललितपुरको जावलाखेलमा मनाइने भोटोजात्राको राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट समेत अवलोकन गर्ने चलन अनुरुप राष्ट्रपति रामवरण यादव र नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जात्राको अवलोकन गर्नुभएको थियो । News.Still006

काठमाडौ उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा परिचित यस जात्राका क्रममा मत्स्येन्द्रनाथ र मीननाथको रथ जावलाखेल ल्याएपछि शुभसाइतमा भोटो देखाउने प्रचलन छ । यो जात्रा समान्यतः वैशाख महिनामा शुरु भएर एक महिनासम्म मनाइने भएतापनि यस वर्ष भूकम्पका कारण प्रभावित भई शुभसाइत जुराउँदा असोजमा पर्न आएको हो । News.Still010
लिच्छवीकालका राजा नरेन्देवको पालामा गुरु गोरखनाथले पशुपतिको मृगस्थलीमा नागको आशन बनाई बस्दा काठमाडौ उपत्यकामा लामो समयसम्म खडेरी परेछ । काठमाडौवासीलाई खडेरीबाट मुक्त तुल्याउन गोरखनाथलाई उठाउनुपर्ने भएकाले उनका गुरु मत्स्येन्द्रनाथलाई भारतको आसामस्थित कामरुप कामाख्याबाट काठमाडौ ल्याइएको थियो ।News.Still003 उनी उपत्यका आएपछि गुरुदर्शनका लागि गोरखनाथ आशनबाट उठे अनि घनघोर वर्षा भयो । त्यही ऐतिहासिक घटनाको सम्मानमा आजसम्म पनि मत्स्येन्द्रनाथको रथयात्रा गरिंदैछ ।
मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा सम्मान गरिन्छ । उनलाई रातो मच्छेन्द्रनाथ,रक्तलोकितेश्वर करुणमयको रुपमा हिन्दू र बौद्धधर्मावलम्बीले समानरुपमा पूजाआजा गर्ने परम्परा छ ।News.Still002मत्स्येन्द्रनाथ उपत्यका प्रवेश गरेको ललितपुरको ऐतिहासिक नगरी बुङ्मति क्षेत्रबाट थालिने यस जात्राका क्रममा  नगरपरिक्रमाका साथै गाईदान गर्ने, रथको लिङ्गोबाट नरिवल खसाल्ने तथा अन्तमा भोटो देखाउने गरिन्छ । तर यसपटक १२ बर्षको संयोग परेकोले रथलाई पुनः बुङमती पु¥याई भोटो समेत देखाएर रथयात्रा सम्पन्न गरिन्छ । News.Still009
रथयात्रा वुङमति लाने क्रममा नक्खु खोला तारेपछि घरघरमा जमरा राख्ने चलन छ । किम्वदन्ती अनुसार नागराज कर्कोटकले स्थानीय किसानलाई दिएको भोटो चोरी भएपछि चोर र वैद्यबीच भोटो कसको भन्ने विवाद चर्किएछ । News.Still008विवाद टुङ्ग्याउन उनीहरु तत्कालीन राजाकहाँ पुगेछन् तर उनीहरुको दावी प्रमाणित गर्ने यथेष्ट प्रमाण नपुगेपछि यो भोटो बुङमतीस्थित मन्दिरमा राख्ने निर्णय गरिएछ । आवश्यक प्रमाणसहित भोटो दावी गर्न आउनू भनी वर्षेनी मत्स्येन्द्रनाथको जात्रामा यसरी भोटो देखाउने गरिएको कथन छ ।

Facebook Comments

Related posts