अस्पतालकाे शैयाबाट गित लेखन

कला, समाचार

एबिसि खबर
काठमाडाैं। अस्पतालको सैयामा राेगसँग लडिरहेका एक व्यक्ति जस्ले अाफ्नाे पिडालाई पाेखाउन गित लेखे । उनकाे गितलाई गाउँले ईन्टरटेन्मेन्टले बजारमा ल्याएकाे छ।
ब्लड क्यान्सर रोगसँग लडिरहेका राजन विश्वकर्माले गीतबाट आफ्नो पीडा पोख्दै गित लेखेका हुन् । उनले लेखेको ‘आफन्त भन्ने कोही नै छैन यो पापी संसारमा’ बोलको गीत र म्यूजिक भिडियो बुधबार गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरेकाे हाे ।

सोलुखुम्बुको थुलुङ दुधकाेशी गाउँपालिका जुबु पुरख्याैली घर भएका क्यान्सर पीडित विश्वकर्मालाई विगत तीन महिनादेखि ब्लड क्यान्सरले थला पारेकाे हाे। गायक कृष्ण राईले उक्त गीतमा स्वर र संगीत भरेका हुन् । गाउँले इन्टरटेनमेनले बनाएको म्यूजिक भिडियोमा स्वयं क्यानसरपीडित विश्वकर्मा र उनी उपचाररत रहेको टिचिङ अस्पताल क्षेत्रको दृष्यहरु छाँयाकंन गरिएकाे छ।

आर्थिक अभावका कारण उपचारमा समस्या परिरहेको बताउँदै उनले आफ्नो म्यूजिक भिडियोमार्फत सहयोगका लागि अनुरोधसमेत गरेका छन् । उनी विगत लामो समयदेखि सामाजिक सेवामा समर्पित रहँदै आएका थिए ।

भिडियो हेर्न तल जानुहाेस्

Facebook Comments

Leave a Reply