भोजपुरे हातेमालो समाजद्धारा उपचार सहयोग

समाचार, समाज

एविसी खबर
काठमाडौं । वैदेशिक रोजगारीको शिलसिलामा विदेशी भुमिमा काम गर्ने नेपालीहरुले आफ्नो गाँस कटाएर आफ्नै संस्थाको आजीवन सदस्यलाई उपचार सहयोग गरेका छन् । भोजपुरबाट रोजगारीको खोजीमा युएई (दुबई) पुगेका मनकारी व्यक्तिहरुको साझा सँस्था भोजपुरे हातेमालो समाजले संस्थाको आजीवन सदस्य समेत रहेकी क्रियाशिल सदस्य विमला थापालाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
दुईवर्ष अगाडि रोजगारीको शिलसिलामा दुवई पुगेकी विमलालाई एक्कासी ढाडको हड्डी खिएर नशा च्यापिए पछि स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनलाई युएईको अस्पतालमा राखेर उपचार गर्नेक्रमा शल्यक्रिया नै गर्नुपर्ने देखिएकाले नेपाल पठाइएको थियो । भोजपुरको अरुण गाउँपालिका जरायोटार निवासी उनको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

समाजले थापालाई दुवईमा नै रहँदा युएईको ६ सय दिराम रकम सहयोग गरेको थियो । थप जटिल उपचार गर्न खर्चको अभावहुने देखिएपछि कम्पनीले टिकट काटेर नेपाल पठाएको विमलालाई समाजले फेरी ५४ हजार रुपैयाँ प्रदान गरेको छ । नेपालका लोकप्रिय गायीका कला राई मार्फत सहयोग रकम पठाइएको हो । मंगलबार नगद रु.५४ हजार रुपैयाँ र दुवईमा प्रदान गरिएको ६ सय दिरामको रु १७ हजार रुपैयाँ गरि विमलालाई जम्मा ७१ हजार रुपैयाँ आर्थिक सहयोग गरीएको समाजका अध्यक्ष ज्ञानेन्द्र बहादुर राईले जानकारी दिएका छन् । काठमाडौंको कोटेश्वर स्थित पलेटी रेष्टुरेन्टमा गायीका कला राईले विरामी विमला थापालाई सो रकम हस्तान्तरण गरेकी छन् ।

संकटको वेलामा भोजपुर हातेमालो समाजले आफुलाई सहयोग गरेको भन्दै सो संस्थाको आजीवन सदस्य समेत रहेकी थापाले यसैका लागि सामाजिक संस्था खुलेको रहेछ भन्ने अनुभुती भएको बताईन् । उनले आफु सञ्चो भएपछि समाजलाई आफुले पनि सक्दो सहयोग गर्ने भन्दै उनले सबै सहयोगी मनहरुलाई धन्यवाद दिएकी छन् ।

यस अघि समेत गायीका कला राई मार्फत भोजपुर हातेमालो समाजले खोटाङ सुङदेलका क्यान्सर पीडित बालक सन्देश राईलाई आर्थीक सहयो गरेको छ । यस्तै उनै गायीका मार्फत मृगौला विरामी मदन बहादुर राईलाई एकलाख २७ हजार रुपैयाँ उपचारका लागि सहयोग गरेको छ ।

संस्थामा आवद्ध सदस्य एवं विभिन्न मनकारी व्यक्तिहरुसँग हातेमालो गरेर संकलन गरेर अप्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएको महासचिव तीर्थ योञ्जनले जानकारी दिएका छन् । यस्तै संस्थाले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई निरन्तर सहयोग गर्दै आएको छ ।

Facebook Comments

Leave a Reply