आस्थाले भेटाएको अभिभावाक

बिचार, राजनीति, समाचार

एविसि खबर
काठमाडौं । सायद त्यो समयमा परिकल्पना भन्दा पर थियो गणतन्त्र । गणतन्त्रको स्वाद परिकल्पना घोलेर आम नेपाली जनतालाई पिलाउन चाहान्थे केही युवाहरु । तत्कालिन समयमा जनयुद्धको कार्यनीति लिएर अगाडि बढेको कम्युनिष्ट पार्टीका एक होनाहार युवा नेताको प्रवेश खोटाङ जिल्लामा भयो ।
दिक्तेल बजारको हाटडाँडामा सौरभ फोटो स्टुडियो खोलेर संगठन विस्तारमा जुटेका बाबु तामाङ युद्धको मैदानमा खोटाङेमाटोलाई सदुपयोग गर्ने एक युवा नेता तत्कालिन नेकपा माओवादीका सेक्रेटरी बाबु तामाङ काठमाडौंमा भेटिएको क्षण र उनैसँग जिल्ला सदस्य धनप्रसाद सुवेदी एक अचम्मको संयोग जुराउने खोटाङ आस्था प्रकाशन भएपछि सबै विगठित माओवादी केन्द्रका खोटाङे कार्यकताहरुले बैचारिक बहसमा उत्रिएका छन् ।
यसै मेसोमा खोटाङ जिल्ला पार्टीको संयोजन तथा प्रकाशनमा खोटाङ आस्था प्रकाशन भएपछि भएको भेट अविस्मरणीय रहेको छ । पार्टी एकता हुनु अगाडी नै प्रकाशनको तयारी अवस्थामा रहेको खोटाङ आस्था नामक बुलेटिन प्रकाशनमा आएको हो । आस्था भित्र राखिएको विषय वस्तुहरु, लेखक विद्धानहरु तथा आस्था बुलेटिनमा रहेको विषय वस्तुहरुको बारेमा डा. धनप्रसाद सुवेदीले संक्षिप्त रुपमा समिक्षा राखेका थिए । प्रकाशित बुलेटिनमा भएको बैचारिक खुराकको बारेमा पुर्व शिक्षा मन्त्रि डिआर पौडेलले टिप्पणी गर्दै खोटाङ लेखकहरुको उर्वराभुमी भएको हुनाले त्यसलाई दिर्घकालीन रुपमा निरिन्तरता दिन आस्था प्रकाशनले थप सहयोग पुगेको बताए । साथै यसलाई मजवुत बनाउन थप वैचारिक बहस गर्नुपर्ने उनको भनाई रहेको थियो । यसैगरी नेकपाका केन्द्रिय सदस्य तथा संघिय संसद सुरेश कुमार राई (हिमाल) ले राजिनीतिक परिबर्तनलाई संस्थागत गर्न यस बुलेटिनमा आएको बैचारिक अवधारणाहरुले थप मद्यत पुग्ने बताएका छन् । उनले विचारको लडाई निरन्तर रहने भन्दै वैचारिक हिसावले सबै चनाखो रहन यो बुलेटिनको निरन्तरताको आवश्यकता रहेको बताएका छन् ।


अर्का नेकपा केन्द्रिय सदस्य एवं पूर्व सभासद समिता कार्की (अस्मिता) ले खोटाङ पार्टीले जुन हिसाबमा बैचारिक बहस गर्दै आएको छ यसमा पूर्व नेतृत्वहरुको योग्दानको कारण सफल भएको धारणा राखेकी छन् । तर नेतृत्वहरुलाई पार्टीले संरक्षण गर्न नसक्दा दस्तावेजमा राख्न नसक्दा अपमान जस्तो भएको महसुस हुन थालेको उनले बताईन । खोटाङ जिल्ला पार्टीले पछिल्ला दिनहरुमा पार्टीमा योग्दान पुर्याउने योद्धाहरुलाई दस्तावेजीकरण गर्न थालेका भन्दै यो एकदमै स्रहानिय रहेको उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका खोटाङ जिल्लाका प्रथम जिल्ला पार्टी इन्चार्ज बाबु घिसिङले पार्टी निर्माण कार्यमा खोटाङ जिल्ला आफ्नो भुगोल नभएता पनि त्यहाँको जनता आफैमा अन्यायको विरद्ध आवाज उठाउनमा सजग रहेको हुनाले सांगठनिक निर्माण प्रक्रियामा सहज भएको बताए । तर समयको परिबर्तनसँगै आएको परिबर्तन र संर्घषहरुलाई दस्तावेजीकरण नगर्दा वास्तविक भोगाईहरु विर्सिएको अवस्था रहेको बताए ।

विघटित माओवादी केन्द्रका अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्रीले भौगोलिक रुपमा आफ्नो जन्मभूमी खोटाङ नभएता पनि जनयुद्धको समय देखी जन्मभूमी सरह कार्यक्षेत्रको रुपमा काम गर्दै आएको हालको समय खोटाङ जिल्ला भौतीक रुपमा सम्बन्ध रहेको बताए । यसकारण आजको समयमा भौतीक संरचना, समय, परिस्थिति पुंजिवादको विकासको लागी तयारी रहेको अवस्थामा समाजवाद उन्मुख तर्फको विकास गर्न त्यति सजिलो छैन । अहिले पुंजिवाद हावी भएको अवस्थामा त्यसलाई समाजवाद तर्फ बदल्न अग्रसर हुँदा समाजवाद तर्फ उन्मुख होइन हामीनै पुंजिवाद उन्मुख हुने खतरा रहेको बताए ।

यसकारण त्यस्ता खतरा अवस्थालाई चिर्न बौद्धिक बहसको आवश्यता भएको हुनाले यस आस्थाले त्यसलाई बदल्न ईंटाको काम गर्ने बताए । ई मुल्यांकन अनलाइनका सम्पादक तुलसीदास महर्जनले हिजोको माक्र्सवाद जुन अवस्थामा थियो अबको माक्र्सवाद कता जाने हो भन्ने बारमो संचारको मुख्य भूमिका रहेको हुनाले यस बारेमा सचेत हुनुपर्ने बताए । वा कुनै पत्रिका वा आस्था निरन्तरता हुन्छ वा हुँदैन भन्ने भन्दा पनि विषयवस्तु के हो भन्ने मुख्य कुरा रहेको बताए । यसकारण त्यस विषयमा आस्थाले थप खुराक लिएर अगाडी बढ्नुपर्ने बताए ।
पछिल्लो नेपालको राजनीतिक घटना क्रमलाई समेट्दै सामाजिक न्याय, समृद्धि र समाजवाद उन्मुख समाजको बाटो तयार गर्नको निम्ती सर्वप्रथम बैचारिक खुराक नै आवश्यक पर्ने हुनाले त्यो खुराकलाई मियोको काम गर्न यस खोटाङ आस्था बुलेटिनले काम गर्ने सम्पादक मण्डलका संयोजक सुरेश राईले बताए । समयसामयिक विषयमा तथा अबको नेपालको राजनीतिक गति, उद्यम्, संस्कृति र समाजलाई सकारात्मक रुपमा रुपान्तरण गर्ने तर्फ उन्मुख गर्नको लागी यस खोटाङ आस्थाले कोषे ढुंगामा काम गर्ने सम्पादन मण्डल सदस्य होमकाजी आचार्य विनोदको भनाइ थियो ।
आस्थामा वुद्धिजिवी, लेखक, विद्धान, युवा, राजनीतिज्ञ, उद्योगी, परिबर्तनको क्रममा भएको आन्दोलन, साँस्कृतिक आन्दोलन, राष्ट्रिय तथा अन्तराष्ट्रिय बहस, समसायिक विषयमा शिक्षा बारेमा सबै किसिमको लेखकहरुको समावेसी रहेको हुनाले यो खोटाङ यसैगरी आस्थाको बारेमा राखिएको विषय वस्तुहरु, लेखक विद्धानहरु तथा त्यस आस्थामा रहेको विषयहरुको बारेमा संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । आस्था विषमताको खुराक रहेको संम्पादक मण्डलका सदस्य जयप्रकाश राईले बताए ।

Facebook Comments

Leave a Reply