यलम्वर संगित प्रतियाेगीहरुलाई भ्रमण (फोटो फिचर सहित)

Slider, कला, समाचार

एबिसि खबर
काठमाडाैँ। किरात राई कलाकार संघले चाैथाे पटक अायाेजना गरेकाे यलम्बर संगीत प्रतियाेगिताका सहभागीहरुलाई अध्ययन भ्रमण गराएकाे छ। काठमाडाैंमा बिभिन्न चरणका छनाैटहरु पार गर्दै अाएका उत्कृष्ट नाैमा पर्न सफल नव गायक गायीकाहरलाई शनिवार भ्रमण गराईएकाे हाे।

किरात राई कलाकार संघका उपाध्याक्ष कपिल राईकाे नेतृत्वमा भ्रमणमा निस्केकाे टालिले काठमाडाैकाे च्यासल, पटुक दरवार, माङखिम हातिवन, तथा सुम्निमा कलेक्सन लगायतकाे ठाउँमा घुमाएकाे थियाे।

किराती राजा पटुककाे पालामा लिच्छवी शाषकहरुसँगकाे लडाईमा ८ सय जना किराती फाैजलाई पराजीत गरेकाे स्थान च्या सल तथा राजा पटुककाे दरवार रहेकाे लालितपुरकाे पटुकटाेलमा यलम्बर संगीत प्रतियाेगीहरुले जिज्ञासाहरु राखेका थिए। यस्तै किरात माङखिम ललितपुर हातिवनमा चार किरातकाे सामुहिक चुलाेका बारेमा जानकारी लिनुका साथै किरात राई समुदायले स्थापना गरेकाे साकेला थानकाे उत्पती र विकासकाे बारेमा किरात राई यायाेक्खा ललितपुरका साँस्कृतिक विभागका प्रमुख तथा साकेला व्यवस्थापन समितिका अध्यक्ष राेशन राईले जानकारी दिएका थिए।

सुम्निमा कलेक्सन सेन्टरमा पुगेका सहभागीलाई कलेक्सनका प्राेपाईटर तथा कलाकार संघका उपाध्याक्ष कपिल राईले किराती राईहरुकाे साँस्कृतिक सामग्रीहरुकाे बारेमा जानकारी गराउनका साथै विभिन्न किराती माैलिक वाजाहरुकाे बारेमा प्रतियाेगीहरुलाई चिनारी राखेका थिए।

भ्रमण टाेलीमा किरात राई कलाकार संघका सदस्य पदम थुलुङ, जानुका राई, लगायतकाे सहभागिता रहेकाे थियाे।

फोटोहरु

च्याःसल


पटुक दरवार


साकेला थान


माङखीम

Facebook Comments

Leave a Reply