गायक नन्दुको नयाँगीत ‘को हौ.. को हौ.. तिमि भनन’

कला, भिडियो

एविसि खबर
काठमाडौं । नेपाली संगीतको बजारमा स्थापित नाम गायक नन्दु राईले नयाँगीत ‘को हौ.. को हौ.. तिमि भनन’ को भिडियो सुटिङ सकाएका छन् । गायक राईकै शब्द र संगीतमा रहेको गीतको छायांकन सकिएको छ ।

गायीका रेखा घिमिरे र स्वंयम नन्दु राईको स्वरमा रहेको गीतको ऐरेन्ज मोहीत मुनालले गरेका हुन् । गीतमा कुशल बुचा मगर र सृष्टी खड्को अभिनय देख्न पाइन्छ ।

धनकुटाको भेडेटारमा जन्मिएका नन्दु राई संघर्षशील युवा गायक तथा संगीतकार पनि हुन । यस अघि ‘परदेशमा आइयो परदेशी भइयो मन रुन्छ हैरान, आप्पा र आमा सम्झेर रुँदै त्यो गाउँघरमा, झल्झली आउँछ सँगै घुमेको धरान बजारमा’ आइ लभ यु’ चरम चरम काँक्री’ बोलको चल्तीका शब्दले सजिएको गीत उनले बजारमा ल्याएका थिए ।

उनी गायनको अलवा क्यारिकेचर गर्न पनि उतिकै माहिर रहेका छन् । रेडियो नेपालबाट हरेक शनिबार राती प्रसारण हुने चौतारी कार्यक्रम र पछि रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र धनकुटामा बज्ने सांगीतिक कार्यक्रमहरूले उनलाई संगीतको सागरमा लाग्न प्रेरित गरेको बताए । नेपाली संगीतका चर्चित गायकगायिकाहरूसँग एउटै मञ्चमा गीत गाएका राईले नेपालमा रहँदा समेत स्टेजहरूमा उतिकै शानदार प्रस्तुति दिने गरेका छन् ।

अन्तर्रा्ष्ट्रिय नेपाली कलाकार समाज, युएईका केन्द्रीय सदस्य राई किरात राई यायोख्या, किरात याक्थुङ चुम्लुङ, युएई, पथरी शनिश्चरे समाज, युएई, शेर्पा केदुङ, विश्वकर्मा समाज, नेपाली एकता समाज जस्ता विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।

Facebook Comments

Leave a Reply