३१ औँ नम्बरमा रहेको टंक राईको नाम खोई

राजनीति, समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको गठन पक्रियामा जाँदा पूर्व माओवादी केन्द्रबाट ३१ औँ नम्बरमा सिफासिर गरिएको तत्कालिन पार्टीका केन्द्रिय कार्यालय सदस्य टंक राईको नाम एकाएक गायब भएको छ । पूर्व स्थायी समिति सदस्य राईको नाम मंगलबार सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा कतै उल्लेख नभएपछि कार्यकर्ताहरुले चर्को आलोचना गरेका छन् ।

दुई ठूला कम्युनिष्ट पार्टीबीच गत जेठ–३ गते औपचारिक एकता घोषणा भएलगत्तै बसेको माओवादी केन्द्रको बैठकले टंक राईको नाम ३१ औं नम्बरमा राखेर एकता संयोजन समितिलाई बुझाएको थियो । माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्यमा सिफारिस भएका राईको नाम महासचिव विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तीमा नपरेपछि कार्यकर्ताहरुले यर्थात बुझ्न सामाजिक सञ्जालहरुमा खैलाबैला मच्चाउन थालेका छन् । उनीहरुले टंक राई जतिको नेताको नाम लिष्टमा नहुनुमा षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

यता सार्वजनिक गरिएको सूचिमा आफ्नो नाम नपरेपछि सामाजिक सञ्जाल उठेका आशंकलाई निवारण गर्दै सरल स्वभावका नेता राईले भने आफु अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने लाईनमानै रहेका बताएका छन् । उनले सामाजिक सञ्जालमा नेपाल कम्यनिष्ट पार्टीले ‘सेल कमिटीमा रहेर काम गर’ भने पनि आफु जहिल्यै तयार रहेको उल्लेख गरेका छन् । आफ्ना् फेसबुक पेजमा अनवाश्यक शंका नगर्न पनि आफ्ना कार्यकर्ताहरुलाई सुजाएका छन् । राईसँगै एकतापछि केन्द्रीय सदस्यमा सिफारिसमा पूर्व पोलिट ब्यूरो सदस्यहरु समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राईको नाम भने विज्ञप्तीमा उल्लेख छ । एमालेको तर्फबाट सिफारिसमा विशाल भट्टराई, खगेन्द्र राई र राजन राईको नाम छ ।

पार्टीको तर्फबाट आधिकारिक रुपमा केन्द्रीय सदस्यको नामावली सार्वजनिक हुनुअघि नै टंक राई लगायत खोटाङका सात जना नेताको फोटो राखेर कार्यकर्ता तथा शुभचिन्तकले शुभकामना दिएका थिए ।

Facebook Comments

Leave a Reply