किरात राई पत्रकार संघमा भीम राई (घोषणा पत्र सहित)

समाचार

कुसाङ खम्बु,

काठमाडौं- किरात राई पत्रकार संघको अध्यक्षमा एविसी खबरका सम्पादक भीम राई निर्वाचित भएका छन् । बैशाख २८ र २९ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न चौथो राष्ट्रिय अधिबेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत प्रकाश खालिङ नेतृत्वको समुहले मनोनयन दर्तासमेत गरिसकेकोमा त्यसैबीच एउटा समुहले बिबाद झिके पछि खालिङले सहमतीय नेतृत्व चयनका लागि मार्गप्रसस्त गर्दै भिम राईलाई अघि सरेका थिए ।

अन्तमा प्रकाश बान्तवाले उमेद्धवारी दिएपछि दुई पक्षीय निर्वाचन भएको थियो । अध्यक्ष बाहेकका अन्य पदहरुमा भने सर्वसम्मत चयन भएका छन् । बरिष्ठ उपाध्यक्ष, खुल्ला उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमशः गणेश साम्पाङ, अवतार राई र रीता राई चयन भएका छन् ।

महासचिवमा भक्त राई, सचिवमा बिशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् । तेस्तै केन्द्रीय सदस्यमा सुमन खालिङ, राजन, शान्तिराज राई, रामधन राई, नुनुता राई, एसबी जेरो, मीना राई, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अृमत थुलुङ, लिला राई र सरिता राई रहेका छन् ।

घोषणा पत्र –

किरात राई पत्रकार संघको मिति २०७५ बैशाख २८ र २९ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न चौथो राष्ट्रिय अधिबेशनले पारित गरेको घोषणा पत्र २०७५,
देशको संघीय संरचना अनुसार अहिले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन सम्पन्न भइ नेपालको संविधान २०७२, कार्यान्वयनको चरणमा छ । प्रदेश र केन्द्रीय सरकार गठन भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र शासकीय स्वरुपबाट अघि बढीरहेको छ । यसै सन्दर्भमा,
१, किरात प्रदेश नामाङ्कनका लागि किरात राई यायोक्खाले हाल संचालन गरिरहेको अभियानलाई पूर्ण समर्थन गर्दै किरात प्रदेश नामाङ्कनका लागि एकतावद्ध भई शसक्त भूमिका निर्वाह गर्नेछ ।
२, धार्मिक सहिष्णुता र धर्म निरपेक्ष देशको मान्यता विपरित हाल भइरहेको गतिविधीप्रति गम्भिर खेद प्रकट गर्दै मोरङको विराटनगरमा हिन्दु धर्मगुरुको नामबाट आफैले प्रपञ्च गरि धार्मिक विद्धेश फैलाउने कुत्सित नियतले गोली काण्डको नाटक गरेको घटनाप्रति घोर आपत्ति प्रकट गर्दछ । साथै त्यस्ता कृयाकलापप्रति सचेत रहन र धर्म निरपेक्षताको सम्मान र सामाजिक सद्भाव कायम गर्न अधिबेशन सम्बन्धित सवैको ध्यानाकर्षण गर्दछ ।
३, स्थानीय प्रदेश र संघ तीनवटै तहमा समावेसीकरण शीर्षकमा विनियोजित बजेट संस्थाको हितमा कार्यक्रम सञ्चालन गर्न तत् निकायसंग कार्यक्रम र बजेट पेश गर्न माग गर्दछ ।
४, किरात राई लगायत विभिन्न समुदायको परम्परा, संस्कृति, आस्था र विश्वासका साथै पहिचान स्थापित गर्ने ऐतिहासिक, पुरातात्विक, प्राचिन थातथलोको संरक्षण प्रवद्र्धन र विकासका लागि सधै कृयाशिल रहने प्रण गर्दछ ।
५, किरात राई समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा आवद्ध गर्न आधारभूत पत्रकारिता तालिम संचालन गर्नेछ ।
६, नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन प्रकृयामा उपस्थित सदस्य वा पार्षदको जातिय प्रतिनिधित्वको आधारमा सम्बन्धित कार्य समितिमा समावेश गर्न माग गर्दछ ।
७, मातृभाषा र आदिवासी जनजातिद्धारा प्रकाशित तथा सम्पादित साथै सञ्चालित छापा, विद्युतीय सञ्चार, अनलाईन मिडियालाई स्थानीय प्रदेश र संघबाट विशेष सहयोग साथै संरक्षण गर्न माग गर्दछ ।
८, सरकारले प्रदान गर्ने विज्ञापन नीतिलाई पूर्ण समावेशी बनाई मोफसलबाट प्रकाशित पत्रपत्रिकार तथा मातृभाषीक पत्रपत्रिकालाई समेत समान रुपमा उपलब्ध गराउन माग गर्दछ ।
९, प्रेस काउन्सिलबाट संचालित पत्रिका वर्गिकरण नीति सन्तोषजनक नभएको हुदा आचारसंहिता भित्र रहेर सञ्चालित अखबारलाई मुल्यांकन गर्न नीतिमा भेदभाव नगरी प्राथमिकता प्रदान गर्न ध्यानाकर्षण गर्दछ ।
१०, जातीय पत्रका संघसंस्थालाई स्थानीय, प्रदेश र केन्द्रले तीनको प्रवद्र्धन र प्रोत्साहनका लागि आर्थिक सहयोग प्रदान गरी सम्मान जनाउन अनुरोध गर्दछ ।
११, किरात राई समुदायमा जन्मेर लामो समयदेखी पत्रकारिता क्षेत्रमा अनवरत रुपमा कृयाशील अग्रज पत्रकारलाई राज्यको तर्फबाट उचित सम्मान तथा पुरस्कार दिन माग गर्दै अग्रज किरात पत्रकारहरु गोपाल छाङ्छा नसा सम्बन्धी तथा सन्जय सन्तोषी राई मुटु सम्बन्धी समस्याबाट ग्रसित भई लामो समयदेखी उपचाररत रहेको एवम् उपचारमा लाखौ खर्च भइसक्दा समेत राज्यको तर्फबाट हालसम्म केही चासो व्यक्त नभएकोले उपचार खर्च उपलब्ध गराउन माग गर्दछ ।

मिति – २०७५ बैशाख २९ गते, भक्तपुर ।

Facebook Comments

Leave a Reply