सरकार निर्माणमा समय लाग्ने : व्यक्ति छनौटको विवादमा दलहरु

२६ असोज, काठमाडौ
संविधान जारी गर्न एकजुट भएका दलहरु सरकार निर्माणमा भने सहमत भएनन् । निर्वाचनमा जानु प¥यो । निर्वाचनमार्फत सरकार  निर्माणमा होमिएका दलहरुवीच पद विभाजनमासमेत कित्ताकाट भएका छन् ।
दलहरुले पाउने भनिएका मन्त्री तथा अन्य पदहरुमा पठाउने मान्छेहरुको  छनौटमासमेत पार्टीभित्रै चरम विवाद भएको छ ।
कुन कुन मन्त्रालय ककसलाई दिने सन्दर्भमा पनि निक्र्यौल हुन सकेको छैन । जसको कारण एमाओवादीले सरकारमा कसको नेतृत्वमा जाने भन्नेवारे निर्णय गर्न सकेको छैन । सरकारमा सहभागी हुनका लागि निर्णय गर्न बसेको वैठकसमेत विना निष्कर्ष टुङ्गिएको थियो ।
सरकारमा सहभागी हुने नेतृत्वको सन्दर्भमा पार्टीका संभावित नेताहरु जनार्दन शर्मा र नन्दकिशोर पुन वीच भनाभनको अवस्था सर्जना भएको समाचार वाहिर आए ।
सरकार निर्माणका प्रमूख दल  नेकपा एमालेले समेत मन्त्रीहरुको छनौट गर्न सकेको छैन । प्रधानमन्त्री केपीशर्मा ओली लगायतका केही मन्त्रीहरुले मात्र सोमवार राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको शपथ खाए ।
नेकपा एमाले, एमाओवादी, विजयकुमार गच्छादार नेतृत्वको दल तथा अन्य साना दलहरु पनि व्यक्ति छनौटमा लागेका छन् ।
सानो संख्यामा गठन भएको  सरकारको मन्त्रालय छुट्याउनै वाँकी रहेको छ । त्यस अनुरुप व्यक्तिको छनौटमा दलहरु लागेकोले सरकार निर्माण लम्विने देखिएको छ ।

Facebook Comments

Related posts

Leave a Comment