रावासावा प्राज्ञिक समाजको अध्यक्षमा डा. सुवेदी

समाचार

काठमाडौं । खोटाङ जिल्लाबाट शहर पसेका प्राज्ञिक समुहले स्थापना गरेको रावासावा प्राज्ञिक समाजको अध्यक्षमा डा. धनप्रसाद सुवेदी चयन भएका छन् । काठमाडौंको पाटन संयुक्त क्याम्पसमा सम्पन्न समाजको नवौँ साधरण सभाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो ।
समितको उपाध्याक्षमा वरिष्ठ गीतकार कवि टिका चाम्लिङ, कवि तथा साहित्यकार बम बानिया, कवि तथा गीतकार सुरेश हाँचेकाली चयन भएका छन् । त्यसैगरी महासचिवमा २०७४ सालका बर्ष कवि चन्द्र रानोहँछा सचिवमा नाटककार तथा लेखक प्रविण पुमा, कोषाध्याक्ष भरत मगर चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा डा.यादेवी ढकाल, भिम राई, रेवत राई, श्रीराम राई, आनन्द भट्टराई रहेका छन् । सदस्यहरुको नाम विधानभित्र रहेर बैठकले मनोनयन गर्न सक्ने साधरण सभाले निर्णय समेत गरेको छ ।
जन्मथलो खोटाङ र कर्मथलो काठमाडौं बनाएर बसेका स्रष्ठाहरुले २०६४ सालमा रावासावा प्राज्ञिक समाजको स्थापना गरेका थिए । स्थापनाकालमा डा.विष्णु राईको अध्यक्षतामा बनेको समाजले खोटाङे कला, साहित्य, संगीत, शिक्षा तथा समाजसेवाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको नेतृत्वमा खोटाङेमाटोमा जन्मिएका साहित्यीक, साँगीतिक, तथा कला सम्बन्धी प्रतिभाहरुको सम्मान तथा रचनात्मक सहयोग रहँदै आएको सँस्थापक महासचिव तथा निर्वाचित अध्यक्ष डा. सुवेदीले जानकारी दिएका छन् ।
समाजको सँस्थापक अध्यक्ष डा. विष्णु राई रहनु भएको थियो भने त्यस पछि लगातार कवि तथा गीतकार टंक भट्टराईले नेतृत्व सम्हाल्नु भएको हो । टंक भट्टराईको कुशल नेतृत्वले नेपालको ख्याती प्राप्त संगीतकार प्राज्ञ शान्तीराम राईको नेतृत्वमा समाजलाई थमाएको थियो ।
हाल समाजले यसैवर्ष देखी रावासावा कमलाभक्त प्रतिभा पुरस्कारको शुरुवात गरेको छ । यस पुरस्कारका लागि खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका ( तात्कालिन बजार)मा जन्मेका भक्त राजभण्डारी र उनकै श्रीमती कमला राजभण्डारीको नाममा रहेको कमलाभक्त प्रतिष्ठानले सो पुरस्कारको प्रायोजन गरेको हो ।

Facebook Comments

Leave a Reply