गायनमा रेणुका दुमीको नया प्रवेश (भिडियो सहित)

कला, भिडियो, समाचार

उठ बेली उठ चमेली
छरिएको मनलाई उठ समाली
……………….


कुनै बेला मादल र गीटारको तालमा मुखैले गाईने गीत थिए । विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सानो बारुले कम्मर मर्काउँदै गाउँ गाउँमा हुने कार्यक्रमहरुमा नाच्थीन । तत्कालिन राजनीतिक पार्टीहरुको कार्यक्रमहरुमा जनवादी कलाकारको रुपमा नाच्दै गाउँदै हिड्ने, स्थानीय क्लब तथा संस्थाहरुको कार्यक्रममा सक्रिय सहभागीता जनाउदै आएकी उर्जाशिल कलाकार थिइन रेणुका दुमी राई ।

पछिल्लो समयमा कर्मको खेती लगाउन काठमाडौं छिरेकी उनको बाल्यकाल शोख भन्नु नाच्नु र गाउनु थियो । पारिवारीक जञ्जालमा परेसी यी कुराहरु विस्तारै पछाडी धकेलिदै गयो । नाच्नका लागि उमेरले साथ दिएन अब तर गाउनका लागि भने अब बल्ल ढोका खुलेको छ उनका लागि । उनको स्वरमा भर्खरैमात्र नयाँगीत सार्वजनीक भएपछि नेपालको संगीत बजारमा नया अनुहारले प्रवेश पाएको छ । उनको यो यात्राको प्रारम्भ भएको भएपनी उनको स्वरमा परिपक्वता रहेको सुनीन्छ ।

एक दशक अघिदेखि संगीतमा साधनारत खोटाङकी गायिका रेणुकाले गायक राजेश पायल राईसँग युगल स्वरमा ‘बार लाउ है मायाँले’ ‘आफैले शुरु गरेको प्रित बारा लाउ है मायाले’ बोलको गीत भर्खरै युट्यब मार्फत सार्वजनीक गरेकी छन् । खोटाङ जिल्लाको तत्कालिन खार्मी ९ हाल दिक्तेल रुपाकोट मझुवागढी नपा ११ की उनी हाल काठमाडौँमा संघर्षरत छिन् ।

केही समय संगीतको औपचारिक ज्ञान लिन समेत भ्याएकी गायिका राईको स्वरमा यसअघि नै पनि कतिपय गीतहरु रेकर्ड भए पनि पहिलो पटक युट्युब च्यानलमार्फत सार्बजानिक गरिएको यो पहिलो गीत हो । शिखर गजरकोटेको रचनमामा रहेको पुर्बेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् ।

राजेश पायल राई जस्तो हस्तीसँग गार्ईएको यस गीतबाट सफलता हात लाग्नेमा निक्कै आशाबादी रहेको राईको भनाई छ । पुर्बेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतीमा रहेको गीति भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्बजानिक गरिएको हो । समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

जनकराज अधिकारीले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई मनिष कार्कीले सम्पादन र प्रियजन राईले निर्देशन गरेका छन् । सार्बजानिक भएको छोटो समयमा नै रेणुका राईको स्वरले तारिफ पाउन थाालेका छन् ।

भिडियो हेर्न तल जानुहोस………

 

Facebook Comments

Leave a Reply