फोहर फाल्नेलाई गिरिफ्तार

समाचार, समाज

एविसि खबर

काठमाडौं । सरकारले अब सडक तथा सार्वजनिक स्थलमा जथाभावि फोहोर फाल्नेलाई कार्यवाही गर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई तत्काल गिरफ्तार गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन पनि दिएका छन् ।

उनले चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै फोहोर गर्नु भ्रष्टाचार सरह भएको विचार व्यक्त गरेका छन् । उनले भने, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’

आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको उनले बताए । कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

२ वैशाखबाट सुरु भएको अभियान अन्तरगत हालसम्म ७५० मेट्रिक टन फोहर हटाइसकेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

Facebook Comments

Leave a Reply