सेनाको जागीरमा नक्कली परिक्षार्थी

समाचार

एविसि खबर

काठमाडौं । नेपालमा नक्कली देखि सावाधान भन्ने नारा जती रहेपनि सुरक्षा दिन खुलेको जागीरमा समेत नक्कली परिक्षार्थीहरुले जाँच दिने हर्कत भेटिएको छ । यसपटक नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएपछि यसको थप पुष्टी भएको हो ।

लोकसेवा आयोगले सेनाको सिपाही पदका लागि शनिबार लिएको परीक्षाका क्रममा रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट १२ जना नक्कली परीक्षार्थी पक्राउ परेको समाचार श्रोतले जनाएको छ ।

अर्काको नामको परिक्षा दिने क्रममा गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की पक्राउ परेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरका प्रहरी नायव उपरिक्षक ( डिएसपी) रवि पौडेलले जानकारी दिए । यसकाबारेमा थप अनुसन्धान जारी रहेको उनको भनाई छ ।

Facebook Comments

Leave a Reply