ईपीएस (कोरियन) परीक्षाको अनलाइन आवेदन खुल्यो

Job

चैत ८, काठमाडौं – सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने कामदार  छनोट गर्न लिइने  कोरियन भाषा परीक्षाको अनलाइन आवेदन आज बाट खुलेको छ ।

सो परीक्षामा सहभागी हुनेहरुले आज  बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाट भर्न सक्नेछन् । ईपीएस भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।

परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइट https://eoers.epsnepal.gov.np/ बाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण भर्नु पर्ने छ ।

कामदार छनोट गर्न लिइने कोरियन भाषा परीक्षा यो नवौं चरणको हो ।

Facebook Comments

Leave a Reply