धरान विजयपुरमा झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार (भिडियो)

समाज

चैत ७, काठमाडौं –  धरान–१४ स्थित ऐतिहासिक विजयपुर क्षेत्रमा खानेपानी ट्याङ्की निर्माण गर्न लागे पछि स्थानिय र धरान उपमहानगरपालिकाबीच विवाद हुँदा बुधबार प्रहरी र संघर्ष समितिबीच झडप भएको छ ।

प्रहरीले भीडलाई नियन्त्रण गर्ने क्रममा ७ सेल अश्रुग्यास प्रहार, अन्धाधुन्ध लठ्ठी प्रहार गर्दा प्रदर्शनमा उत्रिएका संघर्ष समितिका १८ जना घाइते भएका छन् । घाइते  दुई जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि लैजानु परेको थियो ।

ऐतिहासिक, पुरातात्विक महत्व बोकेको विजयपुर गढीमा ट्यांकी निर्माण गर्दा आफूहरुसंग कुनै छलफल नै नगरी निर्माण कार्य थालेकोले आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिले बताएको छ । संघर्ष समितिका संयोजक एवम् आदिवासी जनजाति महासंघ धरान नगर समितिका अध्यक्ष सुभाषा हुक्का चोङवाङले विजयपुरलाई नेपाल सरकारले ऐतिहासिक पुरातात्विक क्षेत्रको रुपमा सुचिकृत गरी सर्वोच्च अदालतले समेत निर्माण कार्य गर्न रोक लगाएको अवस्थामा जबरजस्ती निर्माण कार्य गरे चरणवद्ध आन्दोलनमा उत्रिने बताए ।

(भिडियो)

Facebook Comments

Leave a Reply