एसइइ परीक्षा आज देखि

शिक्षा

चैत ८, काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज देखि शुरु भएको छ ।  माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा २० गतेसम्म सञ्चालन हुने छ।

एसइईमा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदै छन् । १ हजार ९ सय ५६ केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस वर्षको एसइईमा नियमित र एक्ज्याम्टेडतर्फका विद्यार्थीलाई फरक–फरक प्रश्नपत्र तयार गरिएको छ ।

 

Facebook Comments

Leave a Reply