दिक्तेलबाट धरान र विराटनगर सिधा बस सेवा शुरु

समाचार

२ चैत । खोटाङ, दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान बिहान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गरेको हो ।

साथै धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट बिहान ४ः५० मा बस छुट्ने समय निर्धारण गरिएको छ ।

दिक्तेल – विराटनगरका लागि प्रतिव्यक्ति रु. ११७५ र दिक्तेल – धरानका लागि रु. ११५० भाडादर तोकिएको यातायात व्यवसायी संघ खोटाङले जनाएको छ । दूधकोशी जयरामघाटमा पक्की पुल निर्माण भएपछि दिक्तेलबाट राजधानी काठमाडौँ तथा तराई सिधा यातायात सञ्चालन भएको हो ।

Facebook Comments

Leave a Reply