रावासावा प्रतिभा पुरस्कार निरन्तरताको ग्यारेन्टी

समाचार

काठमाडौं । रावासावा प्राज्ञिक समाज नेपाल र कमलाभक्त प्रतिष्ठानले ‘रावासावा प्रतिभा पुरस्कार’लाई निरन्तरता दिन एक आपसमा सँस्थागत सम्झौता गरेका छन् । समाजसेवि शिक्षाविद भक्त राजभण्डारी तथा श्रीमती कमला राजभण्डारीको पहलमा स्थापित कमलाभक्त प्रतिष्ठानले रावासावा प्रतिभा पुरस्कारका लागि एक मुष्ट प्रत्येक वर्ष २० हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा रावासावा प्राज्ञिक समाजले सञ्चालन गर्दै आएको पुरस्कारको शिर्षकलाई ‘रावासावा कमलाभक्त साहित्य, कला, संगीत पुरस्कार’ रहने उल्लेख छ । सम्झौता अनुसार प्रत्येक दुईवर्षमा एकपटक प्रदान गरिने उक्त पुरस्कार खोटाङका साहित्य, कला, संगीत क्षेत्रका दुईजना प्रतिभालाई जनही १०÷१० हजार रुपैयाको दरले प्रदान गर्नेगरी सम्झौता भएको रावासावा प्राज्ञिक समाजका महासचिव बम बानियाँले जानकारी दिएका छन् ।

सम्झौता पत्रमा रावासावा प्राज्ञिक समाजको तर्फबाट अध्यक्ष प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राई र महासचिव कवि बम बानियाँ तथा कमलाभक्त प्रतिष्ठानका तर्फबाट सस्थापक भक्त राजभण्डारी र कमला राजभण्डारीले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

Leave a Reply