अनु र ताराले ल्याए कौडा (चुटका) भिडियो सहित

कला, समाचार

काठमाडौं । अनु गुरुङ र तारा गुरुङको संयुक्त प्रस्तुतीमा पश्चिमको लोक भाका कौडा ( चुटका ) भाकाको गीत भर्खरै युट्युब मार्फत सार्वजनीक भएको छ । ‘ ङोल्स्यो तिम्रो मायाले छाडी आँए घर, हा…. रहर भन्दा ठुलो के छ र ’ स्थायीबोल भएको उक्त गीतको म्युजिक भिडियोमा सन्तोष थापा मगर र अनु गुरुङले अभिनय गरेका छन् । तारा गुरुङको शब्द तथा संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन समेत उनै तारा गुरुङले गरेका छन् ।

काठमाडौको भोटाहिटि स्थीत पब्लिक हाउस क्याफेमा भेटघाट कार्यक्रम गर्दै सार्वजनीक गरिएको उक्त पश्चिमेली लोकभाकाको गीतलाई दुर्गा गुरुङ, तारा गुरुङ, अनु गुरुङ र तारा श्रीस मगरले स्वर दिएका छन् । पश्चिमको गुरुङवस्तिमा पुगेर छायांकन गरिएको उक्त म्युजिक भिडियोमा स्थानीय गुरुङ समुदायको साँस्कृतिक तथा परम्परागत पहिरनलाई प्रयोग गरिएको छ ।

लोकदोहोरीको संगीतमा स्थापित नाम अनु गुरुङले लोकगीतकै माध्यामबाट आफ्नो भविष्य निर्माण गरिरहेकी छन् । पश्चिम गुल्मीको विकट गाउँमा जन्मेर लोकदोहोरीमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेकी उनले यस पटक आफ्नै समुदायको सँस्कृतिलाई उजागर गर्न तारा गुरुङसँगको साथमा नया गीत ल्याएका हुन् ।

बाल्यकालमा लजालु स्वाभावकी धनी अनुले गीत गाउनकै लागि निकै दुःख भोगेकी छन् । ‘अत्यास ला’छ, कति माया गर्छु म सानुलाई मलाई मात्र थाहा छ’ बोलको गीतबाट लोकदोहरीमा गाउन सुर गरेकी उनले दर्जन बढी लोक दोहोरीमा स्वर दिइसकेकी छिन् ।

‘बगेको खोली हो, जिन्दगीको भर छैन हजुर आज कि भोलि हो’ चर्चित गीत गाएर आफ्नो परिचय उँचो बनाएकी गुरुङले संगीतले मान्छेको मनलाई आनन्द दिने भएकाले सबैले संगीतप्रति रुचि राख्ने गरेको बताउँछिन् ।

पश्चिमि लोकदोहोरीका चर्चित गायिका विमाकुमारी दुरालाई प्रेरणाको श्रोतका रूपमा लिने अनुले भनिन्, ‘संगीतमा भविष्य खोजिरहेकी छु ।’ गुल्मीबाट बुटवलमा झरेकी गायिका अनुले सुरुमा स्थानीय एफ एमहरूमा फोनइन कार्यक्रमहरूमा सहभागिता जनाउने गरेको बताइन् । ‘बाल्यकालको रुचि त होइन तर बाध्यता विवशता वा संगीतको मोह केले हो गायिका बनायो’ उनले भनिन् ।

आमाको अनुहार राम्ररी सम्झन नसक्ने भएको बेला नै आमाले यो संसार छाडेर गएपछि बाबाको एकल प्रयत्नमा हुर्केकी उनले भनिन्, ‘बाल्यकालमा पीडा नै पीडा थियो । कसरी संगीतबारे ध्यान दिन पाउने र ?’ तर उनका बुबा संगीतमा रुचि राख्ने र अनु र उनका भाइलाई फकाउन गीत गुनगुनाउने बाबाको प्रेरणाले पनि अलिकति भए पनि झुकावचाहिँ बढाएको हो कि भन्ने उनलाई लागेको बताइन् । अहिले चलेका मोर्डन गीतभन्दा लोकगीतले नै बढी आफ्नो संस्कार, संस्कृतिको रक्षा गर्न सक्ने तर्क राख्ने उनले पश्चिमी भाका कौडा, सालैजो आपूmलाई मनपर्ने भाका रहेको बताइन् । उनले भनिन्, ‘पश्चिमा जन्मेको भए पनि पूर्वेली लोकगीत पनि गाउने रहर छ । अवसर मिल्यो भने अवश्य गाउनेछु ।’ उनले हाल जीवनको गुजारा चलाउन आफ्नै ब्युटि पार्लर खोलेर बसेकी छन् ।

भिडियो हेर्न तल जानुहोस

Facebook Comments

Leave a Reply