अक्टोवर १२ : विश्व बाथरोग दिवस

असोज २५ काठमाडौ ।
विश्व बाथरोग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको छ ।

नेपाल बाथरोग मैत्री समाज भक्तपुरले आयोजना गरेको चेतानमुलक कार्यक्रम
नेपाल बाथरोग मैत्री समाज भक्तपुरले आयोजना गरेको चेतानमुलक कार्यक्रम

यसै दिवसको अवसरमा झक्तपुरमा पनि “अवसर तिम्रो हातमा छ कार्यान्वयन गर” नामक नाराका साथ ¥याली सञ्चालन गरिएको छ ।
नेपाल बाथरोग मैत्री समाज, झक्तपुरले सोमबार बिहान बाथरोगबारे अनेक अन्धविश्वासको अवधारणा व्याप्त भएकाले सचेत र सतर्क गराउने ध्येयले बाथरोग ¥याली निकाल्यो । हात, खुटटाका जोर्नी सुन्निने, नशा तथा मांशपेशी दुख्ने जस्ता लक्षण देखिने बाथरोग नसर्ने एवं दुखदायी रोग भएको नेपाल बाथरोग मैत्री समाजका अध्यक्ष डाक्टर दिप बहादुर स्वारले बताए
डाक्टर स्वारले अपांग समेत बनाउन सक्ने भएकाले बाथरोगलाई हेलचक्रयाइ नगर्न आग्रह गर्नुभयो । नेपाल बाथरोग मैत्री समाज, झक्तपुरले बाथरोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम प्रत्येक बर्ष निशुल्क सन्चालन गर्दै आएको छ

Facebook Comments

Related posts

Leave a Comment