१० बर्षकि बालिकालार्इ सामूहिक बलात्कार

समाज

१७ फागुन ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ निचुटा बस्ने एक १० वर्षकी बालिकालार्ई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टी भएको प्रहरीले जनाएको छ ।

बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमामा उपचार भईरहेको छ । शल्यक्रिया पछि उनको अवस्था अहिले सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउँसो पत्रकार सम्मेलन गरी बालिकालाइ कम्तीमा तीन जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।

‘घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई पक्राउ गरी अनुसन्धान ग-यौं । त्यसमध्य तीन जनाको प्रत्यक्ष संलग्नता देखिएको छ ।

एक जना अभियुक्ताको गुप्ताङमा घाउ समेत भएको छ ।’ उनले भने ‘अनुसन्धानकै क्रममा रहेकोले थप कुरा पछि सार्वजनिक गर्नेर्छौ ।

बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखु बारीमा लगेर बालिकालाई बलात्कार गरिएको स्थानीयले बताएका छन् ।

गाउँ नजिकै माछा पोखरी रहेको र पोखरीमा माछा मार्न आएका मलाहहरुले नै बलात्कार गरेको हुन सक्ने बताईएको छ ।

बालिका बारीतिर घुमेर पोखरी हुँदै घर फर्कदै गरेको अवस्थामा घटना भएको उनका आफन्तहरुले बताएका छन् ।

पटेर्वा सुगौली गाउँपालिकाका बोर्ड सदस्य विपिन मुखियाले बालिकाको निर्मम ढंगले बलात्कार भएको बताए ।

‘साँझको घटना हो, घटना गर्नेे व्यक्तिको खोजी भईरहेको छ ।’ उनले भने ‘ साँझ नै बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना ग-यौं, शल्यक्रिया पछि अब बालिकाको अवस्था सामान्य छ ।’

Facebook Comments

Leave a Reply