Rajendra Shrestha

संविधान संशोधनका लागि एमाले तयार

राजनीति

१५ फागुन,  काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनका लागि एमाले तयार भएको बताएका छन् ।
उनले संविधान संशोधनका लागि गरिदै आएको पछिल्लो छलफल सहमति नजिक रहेको बताए ।

हाल एमालेले संघीय फोरमलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ । संघीय फोरमले संविधान संशोधनमा लिखित प्रतिवद्धता आएको खण्डमा सरकारमा जाने बताइसकेको छ ।

श्रेष्ठले दुई दलबीचको कुराकानी सहमति नजिक पुगेकोले चाडै निष्कर्षमा पुगिने बताए । ‘सरकारमा जाने विषय भन्दा पनि संविधान संशोधनको विषय मुख्य हो,’ श्रेष्ठले भने, ‘एमाले अहिले लचिलो भएर संविधान संशोधनको पक्षमा उभिन थालेको छ । हामीसँगको कुराकानी अब सहमति नजिक पुगिसकेको छ ।’

तर कुनकुन विषयमा कसरी सहमति हुँदैछ भन्ने विषय उनले बताएनन् । संविधान संशोधन हुने सर्तमा संघीय फोरम तीनवटा मन्त्रालय लिएर सरकारमा जाने बताइएको छ । तर एमाले भने दुईवटा मन्त्रालय मात्रै दिने पक्षमा रहेको छ ।

Facebook Comments

Leave a Reply