‘रंग बिनाको होली’ सार्वजनिक

कला, समाचार

काठमाडौं । गायक राज के गोस्वामीले होली पर्वको अवसर पारेर नया गीत ‘रंग बिनाको होली’ सार्वजनिक गरेका छन् । भरखरै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ भने गीतको एरेन्ज पनि किरणले नै गरेका हुन् ।

प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन् ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ । मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Facebook Comments

Leave a Reply