पुष्कर र नुना सुनुवारको ‘माया लप्पन छप्पन’ (भिडियो सहित)

कला

काठमाडौं । चलिरहेको भन्दा फरक धारको गीत ‘तिम्रो माया लप्पन छप्पन’ लिएर नेपाली संगीतको बजारमा दुई सुनुवार गायक गायीकाले बजार तताउने भएका छन् । संगीतकार तथा ऐरेन्जर पुष्कर सुनुवार र नुना सुनुवारको स्वरमा रहेको गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको हो ।

केशव रसाईलीको शब्दमा रहेको उक्त गीतको म्युजिक भिडियो स्वंय रसाईलीले नै खिचेका छन् । भने सम्पादन मोहोन सुनुवारले गरेका हुन् । भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ लगायत अल इन डान्स ग्रुपले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । गीतलाई सन्ध्या म्युजिकले बजारमा ल्याएको हो ।

गीत सुन्न तल जानुहोस ।

Facebook Comments

Leave a Reply