भाषाको पाठ्यपुस्तक निर्माणकालागि पचास हजार

समाचार, समाज

काठमाडौं । थुलुङ राई समुदायको भाषिक पाठ्पुस्तक प्रकाशन गर्न सामाजिक अभियान्ता तथा थुलुङ राई संस्कृति प्रतिष्ठान, लोखिम, सोलुका अध्यक्ष निर्कुधन थुलुङ राईले आर्थिक सहयोग प्रदान गरेका छन् । उनले पाठ्यपुस्तक निर्माण समितिका कोषाध्याक्ष सन्तोष थुलुङलाई शनिबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले दिएको अधिकारलाई सदुपयोग गर्दै अघि बढ्ने हेतुले थुलुङ राई भाषाको पाठ्यक्रम÷पाठ्यपुस्तक निर्माण गर्न थुलुङ राईहरु कम्मर कसेर लागि परेको समितका संयोजक खुक्सङ खम्बुले बताए । भाषाविद् डा. तारामणि राईको प्राज्ञिक सहयोग, सहजिकरण र सल्लाहमा थुलुङ राई भाषाको पाठ्यपुस्तक निर्माण कार्य अघि बढिरहेको हो । थुलुङ राई बहुल भाषिक क्षत्रमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गर्ने, गराउने गरी काम द्रुत गतिमा अघि बढिरहेको निर्माण समितिका सचिव मनिषा थुलुङले जानकारी दिएकी छन् ।

पाठ्यपुस्तक निर्माण कार्य रफ्तारमा अघि बढ्दै गर्दा आर्थिक अभावले निर्माण समितिलाई पिरोल्न थालेको छ । ‘पाठ्यपुस्तकको लगभग खेस्रा तयार भइसक्यो, छाप्ने पैसा छैन । अब हामी पाठ्यपुस्तक निर्माण सँगै आर्थिक सङ्कलनलाई पनि तिव्रता दिनेछौं ।’ सचिव मनिषा थुलुङले भनिन् । यस ऐतिहासिक कार्यका निम्ति सहयोग गर्न देश, विदेशमा रहेका सम्ंपूर्ण सुभेच्छुक महानुभावहरुलाई आग्रह समेत गरिएको छ ।

Facebook Comments

Leave a Reply