हलेसिकाे अग्नि पीडितलाई पाेखराबाट अार्थिक सहयाेग

समाचार, समाज

काठमाडाैं। खाेटाङ जिल्लाकाे त्रिधार्मिक स्थल हलेसिमा भएका अागाेलागी पीडितलाई पाेखरा स्थित लेखनाथ महानगरपालिका रिठ्ठेपानिबाट अार्थिक सहयाेग प्राप्त भएकाे छ। खाेटाङ जिल्ला एेसेलुखर्क गाउँपालिका २ घरभई हाल काठमाडाैं बस्दै अाएकि प्रति तामाङकाे सहजिकरणमा पीडितहरुलाई ३० हजार १ सय ५५ रुपैया रकम प्रदान गरिएकाे हाे।

लेखनाथ महानगरपालिका २७ नम्वर वडाकाे रिठ्ठेपानिका सच्चाई परिवारले साे रकम संकलन गरेकाे थियाे। परिवारकाे संचालिका मिना गुरुङले सहयाेग रकम पठाएर थाेरै भएपनि राहत पुगाेस भन्ने ईच्छा भएकाले सहयाेग गरिएकाे बताएकि छन् । उनिहरुले प्रति तामाङ मार्फत रकम पठाएपछि तामाङले साे रकम नेकपा माअाेवादी केन्द्र खाेटाङ काठमाडाै सम्पर्क समितिका जय राई र राजुविक्रम राईलाई हस्तान्तरण गरेकि छन् ।

माअाेवादि केन्द्रका कार्यलय सदस्य तथ पुर्व साँसद टंक राईकाे उपिस्थितीमा साे रकम हस्तान्तरण गरिएकाे थियाे। यस्तै साेही रकम हस्तान्तरण कार्यक्रममा एेेशेलुखर्क गाउँपालिका २ बाकाचाेल निवासी दमकाजी राईले अग्निपीडितहरुलाई ३हजार रुपैया रकम पनि प्रदान गरेका छन्।

Facebook Comments

Leave a Reply