भोजपुरमा भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी गोष्ठी

खोटाङ
भोजपुर जिल्लाका ९ वटै स्थानीय तहका ८१ वटै वडाका प्रतिनिधी कर्मचारी र प्राविधिकहरुलाई भुकम्पीय नीजि आवास पुनर्निर्माण सम्बन्धी अभिमुखिकरण गराइएको छ । जिल्लाको सबै वडाका वडाअध्यक्ष, वडा कार्यालयका सचिव तथा पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको लागि संचालन गरिएको अभिमुखी करण तथा अन्तरक्रिया गोष्ठी सञ्चालन गरिएको हो ।

जननिर्वाचित प्रतिनिधि तथा कर्मचारीलाई पुननिर्माणको सैद्धान्तिक अवधारणा, नीजि आवास पुनर्निर्माणको विधी, अनुदान वितरण प्रक्रिया, गुनासो दर्ता प्रक्रिया तथा गुनासो सुनुवाई, पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी सरोकारवाला निकायको भूमिका र विशेष गरी स्थानीय निकायको भूमिकाको बारेमा अभिमुखिकरण गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । भुकम्पीय आवास पुनर्निर्माण आयोजना, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, ज्वागल ललितपुरको आयोजनामा सम्पन्न भएको गोष्ठिले कार्यक्रम सञ्चालन पश्चात नीजि आवास पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम थप सहज हुने र पुनर्निर्माणले गति लिने सक्ने सहभागीहरुले बताएका छन् ।

भुकम्पीय आवास पुनर्निर्माण आयोजनाका सामाजिक विकास विशेषज्ञ, मौलिधन राई र जि.स.स., भोजपुरका तथ्यांक अधिकृत, श्री धनकुमार राईले सहजीकरण गर्नु भएको कार्यक्रमहरु अरुण, पौवादुम्मा, साल्पासिलिछो, आमचोक, हतुवागढी रामप्रसादराई, ट्याम्केमैयुम गाउँपालिका र षडानन्द नगरपालिका तथा भोजपुर नगरपालिका भएको थियो तालिममा जम्मा २५१ जनाको सहभागिता रहेको जनाइएको छ ।

कार्यक्रमले पुननिर्माणको सैद्धान्तिक अवधारणा, नीजि आवास पुनर्निर्माणको विधी, अनुदान प्रक्रिया, गुनासो दर्ता प्रक्रिया, पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी सरोकारवाला निकायको भूमिका र विशेष गरी स्थानीय निकायको भूमिकाको बारेमा अभिमुखिकरण गराइएको र सो जानकारी पश्चात पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रम थप सहज हुने र पुनर्निर्माणले गति लिने क्लस्टर संयोजक तथा सामाजिक विकास विशेषज्ञ मौलिधन राईले बताए ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment