चुनौतीको फेदीमा प्रधानमन्त्री ओली ः उक्लिन्छन् या थाक्नेछन् ?

असोज २५, काठमाडौ ।
रणवहादुर राई/विश्लेषण
मुलुकको कार्यकारी प्रमुखकोरुपमा निर्वाचित भएका खड्गप्रसाद ओलीका अगाडि चुनौतीहरुका चाङ नै छन् । यतिखेर नेपालको इतिहासमै सवैभन्दा कठीन मोडमा मुलुक रहेको अवस्थामा ओलीले यसलाई कसरी व्यवस्थापन गर्नुहुनेछ भन्नेमा धेरैले चासोकासाथ हेरेका छन् । ओलीका सामू रहेका चुनौतीहरु आन्तरिकमात्र नभई वाह्य व्यवस्थापनको हिसावले पनि उत्तिकै जटिल छन् ।
मुलुक यतिखेर भारतीय नाकावन्दीको कारण चरम संकटसंग जुधिरहेको छ । मुलुकमा पेट्रोलियन पदार्थ लगायत खाद्यान्न अभाव चुलिदैछ । ओलीले त्यसका उचित विकल्प खोज्नेमात्र होईन आत्मनिर्भर अथतन्त्र्रवारेको आम चासोलाई पनि सम्वोधन गर्नु पर्नेछ । तराई मधेशमा केही असन्तुष्ट मधेश केन्द्रीत दलहरुको आन्दोलन एकातिर छ भने थारुहरुका मागहरुपनि अझै सम्वोधन हुन सकेको छैन ।

ओली उदय
ओली उदय

प्रधानमन्त्रीको उम्मेदवारी दावीवारे धारणा राख्नेक्रममा ओलीले आफू सिहंदरवारमा फोटो झुण्डाउने प्रधानमन्त्रीमात्र सीमित नरहने बताउँनुभएको थियो । उहाँले आफ्नो विपक्षमा मतदान गर्नेलाई समेत आफूलाई मतदान नगरेकोमा थकथक लाग्ने गरि काम गरेर देखाउँने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो । ओलीले राजनीतिको चुस्त व्यवस्थापनवाट आर्थिक सामाजिक परिवर्तनतर्फ बढी ध्यान दिनुभएको छ ।
नया संविधान जारी भईसकेपछि यसको कार्यन्वयनकोलागि प्रधानमन्त्री ओलीले सत्तापक्षमात्र होईन विपक्षी कांग्रेस लगायतका दलहरुसंगपनि सहमति गर्नपर्ने हुन्छ । संघीयताको बखेडा अझै सकिएको छ्रैन । सीमाङ्कन, नामाङ्कन, प्रदेशहरुका राजधानी तय गर्नुपर्ने लगायतका मुद्याहरु कम पेचिला छैनन् । तर ओलीले सहमतीय राजनीतिलाई निरन्तरता दिँदै सवै मुद्दाहरुलाइ सम्वोधन गरेर अगाडि बढ्ने वताउँनुभएको छ ।
बैशाख १२ गतेको भूकम्पले बनाएको भौतिक तथा मानवीय क्षतिलाई सम्वोधन गर्नुपर्ने जस्तो जटिल मुद्दा ओलीका अगाडि छन् । भूकम्प, आन्दोलन लगायतका घटनाक्रमहरुले गर्दा अस्तव्यस्त बनेको मुलुकको अर्थतन्त्रलाई स्थापित गर्नुपर्ने चुनौती ओलीको सामू छ ।
त्यतिमात्र होईन ओलीकावारेमा मधेशी समुदायमा फैलाईएको मधेशी विरोधीको आरोपलाई चिर्नुपर्ने चुनौति पनि छ । यस्तै विगत दश बर्षयता क्षेत्रिय एवं साम्प्रदायिक सद्भावलाई खलल पुर्याउने खालका केही तत्वहरुवाट जुन क्रियाकलापहरु भए त्यसलाईपनि ओलीले साम्य पार्नुपर्नेछ ।  निश्चितरुपमा ओली नेपालको राजनीतिक इतिहासकै अत्यन्त कठिन अवस्थामा कार्यकारी पदमा पुग्नुभएको छ । आन्तरिक र वाह्य चुनौतीहरुको चाङ हेर्दा ओलीको सरकार यात्रा उति सहज भने नहुने अहिले नै देखिएको छ ।
ओलीकालागि सवैभन्दा पहिलो चुनौति नाकावन्दीले आक्रान्त आमजनतालाई तात्कालीक राहत दिँदै नजिकैको चाडपर्वहरु खुशीले मनाउन पाउने वातावरण तयार गर्नु नै हुनेछ ।

संक्षिप्त जीवन यात्राः

के.पी. (खड्गप्रसाद) शर्मा ओली
जन्म मितिः वि.सं. २००८/११/११ तदनुसार सन् १९५२/०२/२३, शनिबार ।
जन्मस्थानः इवा २, तेह्रथुम, नेपाल ।

शैक्षिक योग्यताः सामान्य ।
भाषाः नेपाली, हिन्दी र अंग्रेजी ।
भ्रमणः स्वदेश— ७५ वटै जिल्ला ।
विदेशः मित्र राष्ट्रहरूः चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि ।
राजनीतिक दलः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)

वर्तमान जिम्मेवारीः
अध्यक्ष, नेकपा (एमाले) ९२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन
नेता, संसदीय दल, नेकपा (एमाले), ९२०७० माघ २१ म सम्पन्न निर्वाचन ।
संविधानसभा सदस्य– क्षेत्र नंः ७, झापा ९२०७० मंसीर ४ को संविधानसभा निर्वाचन०
राजनीतिक यात्राः
२०२३ साल, माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ।
जिम्मेवारी बहनः २०२५ सालबाट— तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई नेतृत्व गरेको ।
नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तः २०२६ साल ।
२०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन ।
२०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण ।
२०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग ।
२०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन

जेल जीवन

पहिलो पटकः २०२७ फागुन १६ गते आइतबार, झापाबाट गिरफ्तार ।
पहिलो गिरफ्तारः झापा पुलिस थानामा ।
२०२७ र २०३० का बस्चमास् पटक पटक गरी १० पटक बढी गिरफ्तारी ।
जेल यात्राको १४ बर्से अध्यायः
२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ ।
पहिलो भोगाईस् रौतहट गौर जेल, गौर थाना, २ दिन मात्र ।
त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान ।
२०३० मंसीर ८ गते भद्रगोल जेल काठमाडौंमा चलान ।
३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
२०३० मंसीर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । र, त्यसपछि गोलघर बाहिर ।
२०३३ साउनमा नख्खु जेल चलान ।
२०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै ।
२०३६ जेठमा गोलघर बाहिर ।
२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
२०३९ माघ ३ मा पोखरा जेल चलान ।
२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
२०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान ।
०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी ।
जेलमुक्त भएपछि राजनीतिक जिम्मेवारी बहनः
२०४४ पुस २ गतेबाट धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी ।
२०४६ मा तत्कालीन नेकपा ९माले० लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन ।
२०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।
२०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा ९एमाले० स्थायी कमिटी सदस्य ।
राज्यतहमा बहन गरिएका विभिन्न समयका विभिन्न जिम्मेवारीः
२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित ।
२०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित, साथै, नेकपा ९एमाले० दलको उपनेता चयन ।
२०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
२०७० मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित ।
विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ।
विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा खेलिएका महत्त्वपूर्ण भूमिकाहरुः
२०२७ सालको झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा उहाँले शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेको । फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको ।
२०३० सालदेखि २०४४ सालको जेल जीवनको लामो अन्तरालमा विभिन्न माध्यमद्वारा पार्टी जीवन सञ्चालन र संघर्षका कार्यक्रमबारे उहाँले लिखित पत्रका माध्यमद्वारा सुझावहरु पठाएको हाल समयक्रमसँगै ती सुझावहरुले दूरगामी प्रभाव पार्दै आएको पुष्टि भएको छ ।
२०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको ।
२०४९ सालमा सम्पन्न नेकपा ९एमाले० को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलमा कमरेड मदन भण्डारीलाई सो कार्यक्रम तयार गर्न अहं भूमिका निर्वाह गरेको ।
२०५९ सालमा भएको नेकपा ९एमाले० को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उहाँले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव आज आएर नेपालका सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरुले समेत मूल नीतिका रुपमा अवलम्बन गरेको अवस्था छ ।
आफ्नो राजनीतिक जीवनको यात्रासँगै लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएको ।
हालै जारी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणदेखि राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको तथ्य जगजाहेरै छ ।

Facebook Comments

Related posts

Leave a Comment