खाेटाङमा एकसाथ दुईदर्जन बढी जिप

समाचार, समाज

काठमाडाैं। खाेटाङ र अाेखलढुंगा बिचकाे दुधकाेशीमा पुल संचालनमा अाएसँगै खाेटाङमा दुई दर्जन बढि जिप एकसाथ भित्रिने भएकाे छ । सिधा यातायात जाेडिएसँगै जिल्लाका व्यावसायीहरुले सिप्रदी टेड्रीङ प्रालिबाट २९ वटा टाटा सुमाे गाेल्ड जिप भित्रिने भएकाे हाे ।

काठमाडाैकाे तिनकुने स्थित राेयल ब्याङकेटमा एक कायर्क्रम गर्दै सिप्रदीले चाँबी हस्तान्तरण गरेकाे छ । खाेटाङ यातायात व्यावसायी संघकाे अायाेजनामा भएकाे कार्यक्रममा खाेटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराई र प्रदेश सभाका सदस्य राजन राईले नया व्यावसायीहरुलाई चाँबि हस्तान्तरणा गरेका छन् ।

कायर्क्रमका प्रमुख अतिथि समेत रहेका सासंद भट्टराईले व्यवसायीहरुकाे व्यावसायीक सफलताका शुभकामना व्यक्त गरेका छन् । उनले लामाे समयसम्म यातायातकाे सेवाबाट बञ्चित जिल्लामा यातायातकाे साधन भित्रनु गर्वकाे कुरा भएकाे बताए ।

यस्तै विशेष अतिथी प्रदेश सभा सदस्य राजन राईले सवारी साधन भित्रनु खुशी कुरा भएपनि सडकहरुकाे स्तरिकरण हुन नसक्नु विडम्बना रहेकाे बताएका छन् । सडककाे स्तर उकास्न राज्यले विशेष पहल गर्नुपर्ने र यदि बेवास्ता गरे फरक किसिमले अान्दाेलन गर्नु पर्ने बताए ।
कायर्क्रममा सिप्रदीका कन्ट्री डाईरेक्टर अजित नारायण सिहँ, स्वास्थय व्यवसायी देवान राई लगायत व्यवसायीहरुले नयाँ व्यवसायीहरुलाई सफलताकाे शुभकामना दिएका थिए ।

कार्यक्रम खाेटाङ यातायात व्यावसायी संघका अध्यक्ष बिष्णु कुमार श्रेष्ठकाे सभापतित्व र संघका महासचिव रामकुमार हिङमाङकाे संचालनमा भएकाे थियाे ।

Facebook Comments

Leave a Reply