खोटाङमा पहिलो पटक प्यारा ग्लाईडिङ

समाचार

पुस २५, खोटाङ । जिल्लामा पहिलो पटक प्यारा ग्लाइडिङको परिक्षण उडान भरिएको छ । खोटाङको दिप्रुङ गाउँ पालिकाको सक्रियतामा मंगलबार ४ वटा प्यारा ग्लाईडिङ उडान भरिएको हो ।

दिप्रुङ गाउँपालिका वडा न ४ बतासे भिरचुम्माबाट उडान भरिएको प्यारा बतासेकै भँडारेघाटमा सकुशल अवतरण भएको गाउँ पालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिएका छन् । बतासेको अति भिरालो र अफ्ठयारो ठाउँ मानिएको भिरचुम्मामा प्यारा ग्लाईडिङको संभावना देखेका अध्यक्ष राईले गाउँ पालिकाकै पहलमा आज पहिलो पटक प्यारा ग्लाईडिङको सफल अवतरण गराएको जनाएका छन् ।

उनले आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनका लागि यो कार्यको शुरुवात गरिएको बताउँदै जिल्लमा पहिलो पटक नमुना कार्यको शुरुवात भएको बताएका छन् । उनले भने, ‘म आफै प्यारासुटमा बसेर पहिलो चोटाी भिर चुम्मा देखी भँडारे सम्म उडदा साँच्चै रमाईलो अनुभुती गरेको छु ।’ गाउँपालिकामा पर्यटकीय स्थलको अभाव भएको गुनासो आइरहेको भन्दै उनले वैकल्पिक हिसाबले पर्यटन प्रर्वद्धन गर्न सकिने बताएका छन् ।

जिल्लामा रहेको सबै भन्दा अग्लो धिप्लुङ झर्ना रहेको पालिकामा झर्ना हेर्न मात्र पर्यटक नआउन सक्ने भन्दै फरक हिसाबले पर्यटक भित्र्याउन आफुहरुले झर्ना अवलोकन, प्यारा ग्लाईडिङ र दुधकोशीमा ¥याप्टङि गराएर एक भ्रमणको एक प्याकेज निर्माण गर्न लागेको अध्यक्ष राईको भनाइ रहेको छ ।

Facebook Comments

Leave a Reply