हरिबोल गजुरेल कृषिमन्त्री

२५ असोज, काठमाडौं ।

सोमबार बसेको पदाधिकारी बैठकले कोषाध्यक्ष  हरिबोल गजुरेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सिन्धुली तीनबाट प्रत्यक्ष निर्वाचित गजुरेलले कृषिमन्त्रीका रुपमा सपथ लिने छन् ।

 हरिबोल गजुरेल
हरिबोल गजुरेल

सोमबार हुने मन्त्रिपरिषद गठनमा एकीकृत नेकपा माओवादीबाट हरिबोल गजुरेल मात्र मन्त्री हुने भएका छन् ।

हो ।

यसअघि उनी प्रचण्ड नेतृत्वको सरकारका पालामा भूमिसुधार आयोगको अध्यक्ष भएर काम गरेका थिए ।

बाँकी मन्त्रीहरुका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर छलफल पछि टुंगो लगाउने निर्णय भएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले  बताए । पहिले मन्त्री नबनेकालाई प्राथमिकता दिने नीति अन्तर्गत पदाधिकारी बैठकले गजुरेललाई आज सपथ ग्रहणमा पठाउने निर्णय गरेको बताइएको छ ।

Facebook Comments

Related posts

Leave a Comment